BIZMANDU
www.bizmandu.com

नेपाल एसबिआई बैकले १६.८४ प्रतिशत लाभांश प्रस्ताव गर्यो, गत वर्ष भन्दा बढी लाभांश

२०७६ असोज १३

नेपाल एसबिआई बैकले १६.८४ प्रतिशत लाभांश प्रस्ताव गर्यो, गत वर्ष भन्दा बढी लाभांश
नेपाल एसबिआई बैकले १६.८४ प्रतिशत लाभांश प्रस्ताव गर्यो, गत वर्ष भन्दा बढी लाभांश

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल एसबिआई बैकले १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकको आइतबार बसेको संचालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो। गत वर्ष १५.७९ प्रतिशत लाभांश दिएको थियो।

 बैंकले प्रस्ताव गरेको लाभांशमा ६ प्रतिशतका दरले बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजन सहितकोलागि १०.८४ प्रतिशत नगद लाभांश रहेको छ। बैकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।

हाल बैकको चुक्ता पूँजी आठ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष बैकले दुई अर्ब ३० करोड रुपैयाँ नाफा गरेको थियो। प्रति शेयर आम्दानी २७ रुपैयाँ २६ पैसा रहेको बैकको नेटवर्थ १६७.८९ छ।