BIZMANDU
www.bizmandu.com

इसुजु गाडी बिक्रीमा कन्टिनेन्टल एग्रेसिभ, एक हजार गाडी बेच्यो, ५० किलोमिटरमा सर्भिस प्वाइन्ट

२०७६ असोज १२

इसुजु गाडी बिक्रीमा कन्टिनेन्टल एग्रेसिभ, एक हजार गाडी बेच्यो, ५० किलोमिटरमा सर्भिस प्वाइन्ट
इसुजु गाडी बिक्रीमा कन्टिनेन्टल एग्रेसिभ, एक हजार गाडी बेच्यो, ५० किलोमिटरमा सर्भिस प्वाइन्ट

Tata
GBIME
Nepal Life

काठमाडौं। जापानी ब्राण्ड इसुजु बिक्रीमा कन्टिनेन्टल ट्रेडिङ एग्रेसिभ देखिएको छ। दुई वर्षको अवधिमा कन्टिनेन्टलले एक हजार इसुजु गाडी बिक्री गरिसकेको छ।

कम्पनीले अबको एक वर्षमा दुई हजार गाडी बिक्री गर्ने लक्ष्य राखेको छ। गाडी बिक्री बढाउन कम्पनीले यही वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने जनाएको छ। इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री गर्छ ।

इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्ने कम्पनीको दाबी छ। इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । डिजेल इन्जिनमा इसुजु विश्वविख्यात कम्पनी भएको दाबी छ।

गैरीधारामा इसुजुको नयाँ शोरुम
राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ शोरुम खुलेको छ। शोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले उद्घाटन गरे।

यो नेपालमा इसुजुको ११औं सोरुम हो। उद्घाटन समारोहमा इसुजु इन्डियाका डेपुटी प्रवन्ध निर्देशक केन ताकासिमाको पनि उपस्थिति थियो।
कार्यक्रममा कन्टिनेन्टलका चेयरम्यान सुहृदराज घिमिरेले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी दिए। इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको उनले बताए।

वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने कम्पनीको योजना छ। इसुजुका गाडीहरु निकै बलिया मानिन्छन । सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसकेको र ग्राहकहरु निकै सन्तुष्ट रहेको पाइएको छ । कन्टिनेन्टलले नेपालमा इसुजुका दुई हजार गाडी बेच्ने लक्ष्य राखेको जनाएको छ।

हाल नेपालमा उपलब्ध इसुजुका गाडीमा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस २.५ र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन्। मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ ।