BIZMANDU
www.bizmandu.com

नक्सालमा सुजुकी गाडीको अत्याधुनिक शोरुम, ग्राहक लाउन्ज र बैठक कक्षसहितको शोरुम यस्तो छ

२०७६ असोज ८

नक्सालमा सुजुकी गाडीको अत्याधुनिक शोरुम, ग्राहक लाउन्ज र बैठक कक्षसहितको शोरुम यस्तो छ
नक्सालमा सुजुकी गाडीको अत्याधुनिक शोरुम, ग्राहक लाउन्ज र बैठक कक्षसहितको शोरुम यस्तो छ

Tata
GBIME
Nepal Life

काठमाडौं। सुजकी मोटर्सको अधिकृत विक्रेता सिजी मोटोकर्पले नक्सालमा अत्याधुनिक शोरुम संचालनमा ल्याएको छ।नक्साल शोरुममा ग्राहकले सेल्स, सर्भिस र स्पेयरपार्ट्सहित अत्याधुनिक सुविधा लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक करुण चौधरीले बताए।

'हाम्रो मुख्य उदेश्य भनेकै उत्कृष्ट सेवा दिएर ग्राहकलाई सन्तुष्टी प्रदान गर्नु हो। अब यहाँबाट ग्राहकले अत्याधुनिक सेवा र सुविधा लिन सक्ने हामीले विश्वास लिएका छौँ।' कार्यकारी निर्देशक चौधरीले भने।

अन्तर्राष्ट्रिय स्तरको शोरुममा सेवाग्राहीले सबै सुविधा पाउने कम्पनीका व्यापार शाखा प्रमुख सिरज पन्तले बताए। 'यो सुजुकीको ३७औँ आउटलेट हो। ग्राहक र कम्पनीबीचको सम्वन्धलाई थप प्रगाढ बनाउनका लागि हामीले नक्सालस्थित सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको शोरुम संचालनमा ल्याएका हौँ। ग्राहकका लागि नक्साल पायक पर्ने ठाउँ पनि हो। पछिल्लो समय हाइ इण्ड अटो मार्केट हब भएकै कारण हामीले यहाँ नयाँ शोरुम संचालनमा ल्याएका हौँ।' उनले भने।

ग्राहकलाई बिक्रीपछिको सेवा प्रभावकारी बनाएकाले विश्वमै मार्केट लिडर बनेको सुजुकी मोटर कर्पोरेशनका जापानका प्रवन्ध निर्देशक किन्जी साइतोले बताए। 'मेरो नेपाल भ्रमण यो पहिलो हो। सिजी होल्डिङ्सले सुरु गरेको नयाँ शोरुम उद्घाटमा सहभागी हुन पाउँदा हामी निकै खुसी छु। विश्वभर ग्राहकलाई राम्रो सेवा दिएकै कारण हामी आफ्नो वर्चश्व कायम गर्न सफल छौँ। हामीले पछिल्लो समय स्मार्ट हाइव्रिड भेहिकल सार्वजनिक गरेका छौँ। ' उनले भने।  

चार हजार ५४ स्क्वायर फिट क्षेत्रफलमा बनेको शोरुममा अत्याधुनिक ग्राहक लाउन्ज, बैठक कक्ष, एक्सचेन्ज सुविधा, फाइनान्स लगायत विभिन्न कक्ष रहेको छ। शोरुममा एस क्रस, सियाज, एर्टिगा तथा एक्स एल ६ ब्राण्डका गाडीहरु राखिनेछन्। शोरुममा प्रदर्शनका लागि चारवटा गाडी अट्ने क्षमता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक अरुण चौधरी पनि सहभागी थिए।