BIZMANDU
www.bizmandu.com

नियम विपरीत कार्य गरेको भन्दै नेप्सेले सगरमाथा सेक्यूरिटीको कारोबार रोक्का गर्यो

२०७६ असोज ६

Tata
GBIME
Nepal Life

काठमाडौं।नियम विपरीत कार्य गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सगरमाथा सेक्यूरिटी कारोबार रोक्का गरिदिएको छ।

नेप्सेले सदस्यता तथा कारोबार नियमावली,२०५५ को विनियम ११(२) १(ई)मा भएको व्यवस्था अनुसार कारोबार रोक्का गरिदिएको जनाएको छ। नेप्सेले मंगलबार एकदिनका लागि सबै कारोबार रोक्का गरिदिएको हो।

दोस्रो बजारमा शेयर कारोबार गर्न ब्रोकर कम्पनीले मध्यस्थता गर्ने गरेका छन्। ब्रोकर कम्पनीले नेप्सेको नियम अनुसार कारोबार गर्नु पर्छ। उसले तोकेको नियम अनुसार कारोबार नगरे उसले कारोबार रोक्का गर्न सक्छ। सोही प्रावधान अनुसार नेप्सेले कम्पनीको कारोबार रोक्का गरिदिएको हो।