BIZMANDU
www.bizmandu.com

ओम सिमेन्टको डिलर मिट, गुणस्तर राम्रो भएका कारण बजार हिस्सा बढेको दाबी

२०७६ असोज २

ओम सिमेन्टको डिलर मिट, गुणस्तर राम्रो भएका कारण बजार हिस्सा बढेको दाबी
ओम सिमेन्टको डिलर मिट, गुणस्तर राम्रो भएका कारण बजार हिस्सा बढेको दाबी

Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेशनल सिमेन्टले डिलर मिट आयोजना गरेको छ।सिमेन्टका ब्राण्ड एम्बेस्डर नायक राजेश हमाल सहभागी भएको कार्यक्रममा विभिन्न क्षेत्रका डिलर सहभागी थिए।

उद्योगका प्रबन्ध निर्देशक दीपक अग्रवालले ओम सिमेन्टको बजार हिस्सा बढ्दै गएको बताउँदै उच्च गुणस्तरकै कारण उपभोक्ताले रुचाएको बताए।

कम्पनीका निर्देशक राजन झाले ग्राहक र  बिक्रेताले देखाएको विश्वासका कारण सिमेन्ट लोकप्रिय भएको बताए।कार्यक्रममा जोन्सन इन्टरनेसनल को बाथवेयर प्रोडक्ट पनि प्रदर्शनीमा राखिएको थियो।नेपालको आइएसओ प्रमाणित वाथवेयर प्रोडक्टको ब्राण्ड एम्बेस्डर नायिका केकी अधिकारी छिन्।