BIZMANDU
www.bizmandu.com

दुई दिन ५० अंकले बढेको बजार १८ अंकले झर्यो, समता लघुवित्तको शेयरमा १० प्रतिशत बढेर सर्किट

२०७६ असोज २

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई दिन लगातार बढेर करिव ५० अंकले उक्लिएको शेयर बजार साताको अन्तिम कारोबार दिन १८ अंक घटेर बन्द भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी गर्न उत्प्रेरित गरेको भन्दै बढेको बजार बिहीबार झरेको हो।

दिनभरीमा १६६ कम्पनीका ३९ करोड ९९ लाख रुपैयाँको शेयर किनबेच भएको छ। ट्रेडिङ र सामूहिक लगानी कोषबाहेक सबै सूचक घटेका छन्। 

बाणिज्य बैंकहरुको सूचक करिव १५ अंकले ओर्लिएको छ भने बीमाका दुबै सूचक १०५ अंकले झरेका छन्। दिनभरीमा सबैभन्दा धेरै कारोबार शिभम् सिमेन्टको ५ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ। प्रभु बैंकको २ करोड ६७ लाखको शेयर कारोबार भएको छ।

समता लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्त र स्पर्स लघूवित्तको सर्वाधिक ८ प्रतिशतले घटेको छ।