BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकले किन रोक्यो शेयर कारोबार, ९ गतेसम्म कारोबार बन्द गर्ने निर्णय

२०७६ असोज २

एभरेष्ट बैंकले किन रोक्यो शेयर कारोबार, ९ गतेसम्म कारोबार बन्द गर्ने निर्णय
एभरेष्ट बैंकले किन रोक्यो शेयर कारोबार, ९ गतेसम्म कारोबार बन्द गर्ने निर्णय

Tata
GBIME
Nepal Life

काठमाडौं। नेप्सेले एभरेष्ट बैंकको अग्राधिकार शेयरको कारोबार रोक्का गरेको छ। बैंकको असोज १ गतेदेखि ९ गते सम्मका लागि नेपाल स्टक एक्सचेन्जले शेयर कारोबार रोक्का गरेको हो। 

बैंकको अग्रधिकार शेयर सर्वसाधारणसभा परिणत गर्ने भएकोले शेयर कारोबार रोकिएको हो। 

हाल डिम्याट खातामा कायम रहेको अग्राधिकार शेयरलाई साधारण शेयरमा परिवर्तन गर्नुपूर्व नै पुरानै कित्तामा कारोबार हुने अवस्था रहेको थियो। यस्तो अवस्थामा नियामक निकायमा आवश्यक दर्ता प्रकृया पुरा गरि डिम्याट खाताबाट घटाउन वा बढाउने प्रयोजनार्थ बैंकले कारोबार रोक्का गरिदिन अनुरुध गरेबमोजिम शेयर कारोबार रोकिएको हो। 

बैंकले १२ वर्षअगाडि सर्वसाधारण शेयरमा परिणत हुने गरि २० करोड रुपैयाँको अग्राधिकार शेयर निष्काशन गरेको थियो। अग्राधिकार शेयर निष्काशन गर्दा हरेक तीन वर्षमा २० प्रतिशतका दरले सर्वसाधारणमा परिणत गर्ने गरि अनुमति पाएको थियो। 

बैंकले यसअघि तीन पटकमा १२ करोड रुपैयाँको अग्राधिकार शेयरलाई सर्वसाधारणमा परिणत गरिसकेको छ। आगामी तीन वर्षपछि बाँकी चार करोड रुपैयाँ साधारण शेयर पूँजीमा परिणत हुनेछ।