BIZMANDU
www.bizmandu.com

उद्योगका लागि जग्गा राखेर प्रयोग नगरेको भए सरकारले खोस्ने, भूमि ऐन दुबै सदनबाट पारित

२०७६ असोज २

उद्योगका लागि जग्गा राखेर प्रयोग नगरेको भए सरकारले खोस्ने, भूमि ऐन दुबै सदनबाट पारित
उद्योगका लागि जग्गा राखेर प्रयोग नगरेको भए सरकारले खोस्ने, भूमि ऐन दुबै सदनबाट पारित


काठमाडौं।  भुमी सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ। राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो। 

Tata
GBIME
Nepal Life

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन्। 

यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट भूमि सम्बन्धी ऐन (आठौं संशोधन) विधेयक संशोधनसहित पास भएको थियो। 

विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले राजनीतिक र सामाजिक न्यायका हिसाबले सम्बोधन हुनेगरी भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नेगरी हामी अगाडी बढेको बताइन्। 

ऐन संशोधनसँगै मन्त्रालयले हदबन्दीभन्दा बढी जग्गा खरिद स्वीकृति पाएका कृषि फार्म, उद्योगले स्वीकृति प्राप्त गर्दाको उद्देश्य अनुरूप प्रयोग गरे वा नगरेको सम्बन्धमा स्थलगत रूपमा अनुगमन तथा निरीक्षण गर्न समिति गठन गर्न सक्ने छ।