BIZMANDU
www.bizmandu.com

आइटीमा लगानी गरेर नाफा बढाउन गभर्नरको सुझाब: ‘नभए चार बर्षको नाफा एक मिनेटमा उड्ला’

२०७६ असोज २

आइटीमा लगानी गरेर नाफा बढाउन गभर्नरको सुझाब: ‘नभए चार बर्षको नाफा एक मिनेटमा उड्ला’
आइटीमा लगानी गरेर नाफा बढाउन गभर्नरको सुझाब: ‘नभए चार बर्षको नाफा एक मिनेटमा उड्ला’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सुचना प्रविधि (आइटी) मा लगानी गरेर नाफा बढाउन सुझाब दिएका छन्। 

१९ दिनअघि भएको एटिएम ह्याक प्रकरणलाई संकेत गर्दै गभर्नर नेपालले आइटीमा लगानि नबढाएर चार बर्ष लगाएर कमाएको नाफा एक मिनेटमै गायव हुने चेतावनीसमेत दिए।

'साइबर अट्याक जहाँसुकै र जहिलेसुकै पनि हुनसक्छ। त्यसैले सुचना प्रविधिमा हामीले लगानी बढाउँदै लैजानु पर्छ' नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले बिहीबार गरेको कार्यक्रममा बोल्दै उनले भने, 'आइटीमा गरेको लगानी भनेको नाफाका लागि हो। नाफा बढाउनका लागि पनि आइटीमा लगानी बढाउनुस्।'

गभर्नर नेपालले 'साइबर जोखिम' का कारण वित्तीय स्थायित्वमाथि नै समस्या पार्ने भन्दै उनले जनताको पैसालाई सुरक्षित गर्न पनि आइटीमा लगानी बढाउनु पर्ने उल्लेख गरे।

'सन्सारभरी अहिले नयाँ नयाँ प्रविधि आइरहेका हुन्छन्। हरेक तीन-तीन महिनामा नयाँ नयाँ कुरा भइरहेको हुन्छ' उनले भने, 'हामी विकासशील देश हौं। हामीले जानेका छैनौं भनेर अब हुँदैन। आइटीमा जानेको छैन भन्नै नपाउने अवस्था रहेको छ।'

गभर्नर नेपालले भर्खरै राष्ट्र बैंकले आरटिजिएस सेवा सुरु गरेको र चाँडै 'नेशनल पेमेन्ट गेटवे' सुरु गर्ने बताए।