BIZMANDU
www.bizmandu.com

टाटाको स्पेयर्स पार्टस बेच्ने राजकुमारले पाए एच फाइभ गाडी, तीन सय व्यापारीलाई उछिने

२०७६ भदौ ३१

टाटाको स्पेयर्स पार्टस बेच्ने राजकुमारले पाए एच फाइभ गाडी, तीन सय व्यापारीलाई उछिने
टाटाको स्पेयर्स पार्टस बेच्ने राजकुमारले पाए एच फाइभ गाडी, तीन सय व्यापारीलाई उछिने

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटाको रिटेल च्याम्पियनमा उत्कृष्ट काम गर्ने चण्डेश्वरी अटो स्पेयर्सका राजकुमार पोतेले टाटा एच फाइभ पुरस्कार पाएका छन्।नेपालभर रहेका तीन सय च्याम्पियन जोन,रिटेलर र आधिकारिक सर्भिस सेन्टरमध्ये उनी उत्कृष्ट भएका हुन्।

सोमबार टाटा मोटर्सका आइवि पार्टस हेड राकेश मित्तल र सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले गाडीको साँचो हस्तान्तरण गरे। टाटाको जेन्युईन पार्टस उपलब्ध गराउने उदेश्यसहित सम्मान गर्दै आएको कम्पनीले जनाएको छ।

सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज बुढाथोकीले च्याम्पियन र रिटेलरलाई लक्षित गर्दै विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए।