BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको अभिव्यक्तिसँगै शेयर बजारमा एकाएक चमक, दुई घण्टामा २८ अंकको सुधार

२०७६ भदौ ३१

अर्थमन्त्रीको अभिव्यक्तिसँगै शेयर बजारमा एकाएक चमक, दुई घण्टामा २८ अंकको सुधार
अर्थमन्त्रीको अभिव्यक्तिसँगै शेयर बजारमा एकाएक चमक, दुई घण्टामा २८ अंकको सुधार

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयरका विषयमा अर्थमन्त्रीले सकारात्मक अभिव्यक्ति दिएपछि बजारमा एकाएक सुधार देखिएको छ। खतिवडाले कर्मचारी सञ्चय कोषको कार्यक्रममा नेपाल सरकार तथा निजी क्षेत्रबाट संचालित कोषहरुले शेयर बजारमा लगानी गर्नुपर्ने बताएका थिए।

दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको नाफा बढेको, आर्थिक वृद्धि भइरहेको तथा राजनीतिक स्थायित्व भएकोले बजार सुधार हुनुपर्ने बताएका थिए।अर्थमन्त्री बजार प्रति नकारात्मक हुँदा बजार सुधार हुन नसकेको लगानीकर्ताले बताउँदै आएका थिए।

बजार घट्नैपर्ने विशेष कारण नभए पनि लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा सुधार हुन सकेको थिएन्। बजार सुधारका लागि गर्नुपर्ने सबै काम भएको खतिवडाले बताएका थिए।

कम्पनीहरुले लाभांस घोषणा गरेकै दिन दोस्रो बजारमा मूल्य घट्ने गरेको थियो। कुनै वेला अर्थमन्त्री खतिवडाले प्राथमिक बजारमा पनि शेयर बिक्री नहुने अवस्थामा सरकारले सोच्नुपर्ने बताएका थिए। उनले भनेजस्तै पछिल्लो केही समय जलविद्युत कम्पनीको प्राथमिक शेयर नै बिक्री हुन सकेको छैन।

मंगलबार साढे दुई घण्टाको अवधिमा नेप्से सूचक २८ अंकले सुधार देखिएपनि कारोबार रकम भने १९ करोड रुपैयाँमै सीमित छ। म्युचुअल फण्ड बाहेक सम्पूर्ण सूचक तथा उपसूचक सुधार देखिएका छन्। बजारमा एकाएक चमक आएपछि शेयर बिक्री गर्ने भन्दा खरिद गर्ने धेरै छन्।