BIZMANDU
www.bizmandu.com

आरबिआइका गभर्नर दासले स्वीकारे भारतीय अर्थब्यवस्था मन्दीमा गएको आरोप, ‘चिन्ताको बिषय हो’

२०७६ भदौ ३०

Tata
GBIME
Nepal Life

नयाँदिल्ली। अपेक्षाभन्दा कमजोर आर्थिक बृद्धि हासिल भएको भन्दै भारतीय केन्द्रीय बैंकले आश्चर्य ब्यक्त गरेको छ। आरबिआइका गभर्नर शत्तिकान्त दासले भर्खरै सार्बजनिक भएको आर्थिक बृद्धि (जिडिपी) को तथ्यांकबाट आफू अचम्ममा परेको बताएका छन।

पाँच प्रतिशतको आर्थिक बृद्धि दर आफ्नो लागि अचम्मको कुरा भएको उनले बताएका हुन्। 

देशको आर्थिक बृद्धि बढाउन सरकारले कयौं प्याकेजहरु घोषणा गरिरहेको छ। प्रत्यक्ष बैदेशिक लगानी गत बर्षभन्दा राम्रो छ। 

गभर्नर दासले महँगी दर चिन्ताको बिषय नरहेको बताए। दाल तरकारीको मूल्य पनि बढ्दैन। तर शहरमा दुध र अण्डाको भाउ बढेको छ। यो मूल्य बृद्धि पनि चक्रिय मात्र रहेको उनले प्रष्टीकरण दिएका छन्।

६.९ प्रतिशतको आर्थिक बृद्धि हुने अपेक्षा गरिरहेका बेला ५ प्रतिशतको बृद्धि हुनु एकदमै चिन्ताको बिषय भएको उनले बताए।