BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले कोटेश्वरमा नयाँ शाखा खोल्यो, शाखा संख्या सय पुग्यो

२०७६ भदौ ३०

महालक्ष्मी विकास बैंकले कोटेश्वरमा नयाँ शाखा खोल्यो, शाखा संख्या सय पुग्यो
महालक्ष्मी विकास बैंकले कोटेश्वरमा नयाँ शाखा खोल्यो, शाखा संख्या सय पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले कोटेश्वरमा नयाँ शाखा खोलेको छ। योसँगै बैंकको शाखा सय पुगेको छ।शाखाको उद्घाटन राष्ट्र बैंकका कार्यकारी निर्देशक ऋषिकेश भट्टले गरे।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र संचालक राजेशकुमार रौनियार समेत थिए।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लामिछानेले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई संबोधन गर्न शाखा विस्तार अघि बढाएको बताए।उनले बैंकको सेवालाई अझै परिमार्जित गर्दै उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाए।