BIZMANDU
www.bizmandu.com

विराटनगरको भाटभटेनीमा दशैँ अघि सिनेमा हल संचालनमा आउने, चिनी किलोको ५९ रुपैयाँमै


विराटनगरको भाटभटेनीमा दशैँ अघि सिनेमा हल संचालनमा आउने, चिनी किलोको ५९ रुपैयाँमै
विराटनगरको भाटभटेनीमा दशैँ अघि सिनेमा हल संचालनमा आउने, चिनी किलोको ५९ रुपैयाँमै


Tata
GBIME
Nepal Life

विराटनगर।दशैँ, तिहार र छठलाई लक्षित गर्दै विराटनगरस्थित भाटभटेनी सुपर स्टोरले ल्याएको छुटको योजनामा सरकारी सुपथ मूल्य पसलमा भन्दा सस्तोमा सामान पाइने दाबी गरिएको छ।

डेढ वर्षदेखि विराटनगरमा सञ्चालित भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार स्टोरले सञ्चालनको दिनदेखि नै प्रतिव्यक्ति २ किलो किन्दा किलोको ५९ रुपैयाँका दरले दिँदै आएको थियो। चाडपर्वलाई लक्षित गरेर सहुलियतमा चिनी अब प्रति व्यक्ति ३ किलो दिन थालिएको छ।सीमापारिको जोगबनीमा भन्दा भाटभटेनीमा चिनी सस्तो छ। जोगबनीमा प्रतिकिलो ६० देखि ६५ रुपैयाँ छ भने विराटनगरको खुला बजारमा ७५ देखि ८० रुपैयाँ छ।

भट्टराईका अनुसार इलेक्ट्रोनिक सामानमा १५ देखि ४१ प्रतिशतसम्मको छुट दिइएको छ। कस्मेटिक सामान र घडीमा १० प्रतिशत छुट राखिएको भट्टराईले जानकारी दिए । भाटभटेनीले भारतको टाइटन ब्रान्डको घडी विक्री गर्दै आएको छ। भारतका शहरमा पाइने मूल्यमा नै भाटभटेनीमा टाइटन घडी पाइने र चाडपर्वका उपलक्ष्यमा १० प्रतिशत छुट समेत रहेको उनले स्पष्ट पारे।त्यस्तै फुटवेयर र गार्मेन्ट आइटममा ५ प्रतिशतको छुट राखिएको छ।

‘सबैभन्दा ठूलो छुट ग्रोसरीमा छ’, उनले भने, ‘सरकारी सुपथ मूल्यका पसलमा भन्दा यहाँ सस्तो छ। नून प्रतिकिलो १९, पहेँलो केराउ ६४, ज्ञान मैदा २ केजीको १२४ लगायत खाद्यान्नका सबैजसो वस्तुमा छुट गरिएको छ।’विराटनगरस्थित स्टोरमा खाद्यान्न सीमापारि जोगबनीभन्दा सस्तो पाइएपनि कतिपय ग्राहकको आकर्षण अझै जोगबनीमै रहेको उनले बताए।‘सीमापारिबाट मालवस्तु ल्याउँदा राजस्व मरिरहेछ भन्ने सरकारले बुझ्नुपर्छ र कडाइ अपनाउनु पर्छ’, व्यवस्थापक भट्टराईको आग्रह छ।

सिनेमा हल र फुडकोर्ट दशैँ अगाडि
दशैँ अगाडि नै विराटनगरस्थित भाटभटेनीमा सिनेमा हल र फुडकोर्ट सुरु गरिने उनले जानकारी दिए।

अत्याधुनिक शैलीको सिनेमा हल र फुडकोर्ट सञ्चालनका लागि भाटभटेनीले क्यूएफएक्सलाई जिम्मा दिएको छ।‘अहिले निर्माण कार्य धमाधम भइरहेको छ’ भट्टराईले भने, ‘यहाँ दुई वटा छुट्टाछुट्टै सिनेमा हल बनाइँदैछन्। एउटा हलमा २ सय २५ दर्शक अट्नेछन्। फुडकोर्ट पनि २ वटा नै हुनेछन्।’