BIZMANDU
www.bizmandu.com

नेपाल बैंकले ५६२ जना कर्मचारी माग्यो, अनुभव नभएकाले पनि आवदेन दिन पाउने

२०७६ भदौ ३०

नेपाल बैंकले ५६२ जना कर्मचारी माग्यो, अनुभव नभएकाले पनि आवदेन दिन पाउने
नेपाल बैंकले ५६२ जना कर्मचारी माग्यो, अनुभव नभएकाले पनि आवदेन दिन पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल बैंकले विभिन्न पदमा ५६३ जना कर्मचारी माग गरेको छ। बैंकले छैठौ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको हो।

त्यस्तै यसै पदका लागि १० जना चार्टर्ड एकाउन्टेन्टका लागि विज्ञापन खुला गरेको छ। केन्द्रिय स्तरको कार्यालयका लागि सूचना प्रविधि शाखामा सहायक माग गरेको छ।

छैठौ तहका लागि कम्तीमा पनि स्नातकोत्तर गर्नु पर्नेछ। चार्टर्ड एकाउन्टेटका लागि मान्यता प्राप्त संस्थाबाट सिए/एसिसिए उत्तीर्ण गरेको हुनुपर्छ।बैंकले प्रदेश स्तरका शाखा कार्यालयका लागि ४२२ जना कर्मचारी माग गरेको छ। चौथो तहका लागि पाँचै प्रदेशमा गरेर ३५२ जना कर्मचारी माग गरेको छ। यस पदका लागि न्यूनतम स्नातक गरेको हुनु पर्छ।

तेस्रो तहमा सम्पुर्ण प्रदेशमा गरेर ७० जना कर्मचारी आह्वान गरिएको छ। यस पदका लागि प्लस टु उत्तीर्ण गरेको भए पुग्छ। प्रदेश स्तरका शाखा कार्यलयमा छनौट भएका कर्मचारीले कम्तीमा पनि ५ देखि ७ वर्ष अनिवार्य सेवा गर्नुपर्ने बैंकले जनाएको छ। योग्यता पुगेका इच्छुक आवेदकले असोज १९ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछ।