BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको मोबाइलमा पाँच मिनेट अवरुद्ध, एकै पटक अत्याधिक चाप हुँदा नेटवर्कमा समस्या

२०७६ भदौ ३०

नेपाल टेलिकमको मोबाइलमा पाँच मिनेट अवरुद्ध, एकै पटक अत्याधिक चाप हुँदा नेटवर्कमा समस्या
नेपाल टेलिकमको मोबाइलमा पाँच मिनेट अवरुद्ध, एकै पटक अत्याधिक चाप हुँदा नेटवर्कमा समस्या

Tata
GBIME
Nepal Life

काठमाडौं।  सोमबार विहान १०:१५ बजे नेपाल टेलिकमको भ्वाइस कल सेवा र प्रभावित भएको छ।एकै पटक सीमित क्षेत्रमा अत्याधिक कल आएकोले समस्या आएको कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

'नेटवर्क कन्जेशनका कारण भ्वाइस कलमा प्रभाव परेको हो। कहिलेकाँही अत्याधिक चाप हुँदा नेटवर्क ट्राफिकको समस्या आउँछ। आज यो समस्या पाँच मिनेट देखिएको छ। त्यसपछि भ्वाइसकल  पुनः सुचारु भइसकेको  छ । ' प्रवक्ता वैद्यले बिजमाण्डूसँग भनिन्।सेवा अवरुद्ध हुँदा डायल नहुँदै फोन काटिने समस्या देखिएको थियो।