BIZMANDU
www.bizmandu.com

डाउनपेमेन्ट र सरकारी निशानामा पर्यो गाडी व्यवसाय, वीरगंजको भन्सार र्याड गाडीले भरियो

२०७६ भदौ ३०

डाउनपेमेन्ट र सरकारी निशानामा पर्यो गाडी व्यवसाय, वीरगंजको भन्सार र्याड गाडीले भरियो
डाउनपेमेन्ट र सरकारी निशानामा पर्यो गाडी व्यवसाय, वीरगंजको भन्सार र्याड गाडीले भरियो

Tata
GBIME
Nepal Life

वीरगंज।दशैंको मुखमा वीरगंजको दुई वटा भन्सार कार्यालयको र्याडमा अहिले करिब ७ सय कार थन्किएका छन्।वीरगंज भन्सारको दुई वटा नाका(आइसिपी र वीरगंज भन्सार) तथा ड्राइपोर्ट भन्सार गरी करिब ७ सय विभिन्न ब्रान्डका गाडी थन्किएका छन्।

वीरगंज भन्सारको पुरानो शंकराचार्य नजिकको यार्डमा लगभग २ सय, सुख्खा बन्दरगाहमा करिब २ सय र आइसिपीमा करिब ३ सय गरी कुल ७ सय कार होल्ड भएका छन्। सुख्खा बन्दरगाहमा महँगा गाडी थन्किएका छन्।

आइसिडी मर्सिडिज, फोर्डको रेन्जर,किया,एमजी लगायतका गाडी छन्। नेपाल इन्टरमोडेल यातायात समितिका अधिकृत तर्कराज जोशीले केही गाडी एक वर्षदेखि थन्किएर बसेको बताए।आइसिडीमा कियाको धेरै गाडी छन्। शंकराचार्य नजिकको वीरगंज भन्सारको यार्डमा इसुजुको सिंगल क्याब,डबल क्याब, किया, टोयोटा, हुन्डाई, सुजुकी, मारुतीका गाडी थन्किएका छन्। 

किन अड्किन्छन् भन्सार विन्दुमा कार

विभिन्न गाडीका नेपालका अधिकृत बिक्रेताले एलसी खोलेर गाडी मगाउँछन्। भारतमा उत्पादन हुने गाडीको अधिकृत बिक्रेताले वार्षिक रुपमै आफ्नो बिक्री योजनासहित गाडी मगाउँछन् भने तेस्रो मुलुकबाट ल्याइने गाडी भने ग्राहकको अर्डर अनुसार समेत एलसी खोल्ने गरिन्छ।

फोर्ड, हुन्डाई, कियाका महँगा गाडी भने वार्षिक रुपमा बिक्रीको योजना अनुसार एलसी खोल्ने गरिएको छ। तर ल्याण्डरोभर,मर्सिडिज बेन्च,ज्यागुअर लगायतका गाडी आयात गर्ने कम्पनी दीपक गौतम एण्ड कम्पनी र किशोर गियरले भने ग्राहकले अर्डर गरेपछि गाडी आयात गर्छन्। गत वर्ष अर्थमन्त्री डा.युवराज खतिवडाले सीसीका आधारमा अन्तशुल्क लिने निर्णय गरेपछि लक्जरी गाडीको मूल्य दोब्बर भयो। 

गत वर्ष बजेट अघि गाडी अर्डर गरेका ग्राहकले दोब्बर मूल्य तिर्नुपर्ने अवस्था आयो।मर्सिडिज बेन्चको गाडी दोब्बर भएपछि ग्राहकले गाडीनै नकिन्ने जानकारी अधिकृत बिक्रेतालाई दिएपछि व्यवस्थापनमै हम्मे परेको थियो। त्यही कारण महँगो गाडी भन्सार र्याडमै थन्किएको हो।

भन्सारमा पार्किङ शुल्क लाग्दैन?
भन्सार यार्डमा एक वर्षदेखि गाडी थन्किएर बसेका छन्।त्यहाँ गाडी राख्दा शुल्क कति लाग्छ? सुख्खा बन्दरगाहका सूचना अधिकारी विकास कुमारका अनुसार गाडीमा सात दिनसम्म दैनिक ३ सय १२ रुपैयाँ तिर्नुपर्छ भने आठ दिनपछि जति दिन राखेपनि प्रतिदिन ४ सय २८ रुपैयाँ तिर्नुपर्छ।

बैंक ऋणको कडाईले संकटमा
राष्ट्र बैंकले प्यासेन्जर भेहिकल अनुत्पादक भन्दै डाउन पेमेन्ट ५० प्रतिशत राख्नुपर्ने बाध्यतात्मक अवस्थाले गाडी बिक्रीमा गिरावट आएको छ। एक व्यवसायीका अनुसार कतिपय गत वर्षनै आयात भएका गाडी समेत भन्सारमा छन्‘गाडी बिक्रीनै छैन। 

ग्राहक नआएकै कारण भन्सारमा थन्क्याउनुपरेको हो’ती व्यवसायीले भने। सरकारले प्यासेन्जर भेहिकललाई हेर्न दृष्ट्रीकोणनै नकारात्मक छ।‘

गाडी चढ्ने वर्गलाई सरकारले नीतिगत तहमै कस्दै लगेको छ। कमाई गर्ने उद्योगी/व्यवसायीलाई विभिन्न नीतिले निरुत्साहित गरेकाले महँगा गाडीको बिक्रीमा मन्दी छ। मध्यम वर्गका पचास प्रतिशत पैसा जुटाएर मात्रै गाडी किन्नुपर्ने अवस्था छ’ ती व्यवसायीले भने, ’यो दुई कारणले गाडी बिक्रीमा महामन्दी छ।’ 

ती व्यापारीका अनुसार भारतमा समेत गाडीमा महामन्दी भएका कारण त्यसको दबाब पनि नेपालका अधिकृत बिक्रेतालाई परेको छ।