BIZMANDU
www.bizmandu.com

विहिबारदेखि भृकुटीमण्डपमा हुँदैछ कपडा मेला, दशैंमा सस्तो र गुणस्तरीय नेपाली कपडा किन्ने अवसर

२०७६ भदौ २९

विहिबारदेखि भृकुटीमण्डपमा हुँदैछ कपडा मेला, दशैंमा सस्तो र गुणस्तरीय नेपाली कपडा किन्ने अवसर
विहिबारदेखि भृकुटीमण्डपमा हुँदैछ कपडा मेला, दशैंमा सस्तो र गुणस्तरीय नेपाली कपडा किन्ने अवसर

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली कपडा, धागो, होजियारी, तयारी पोशाक लगायत उत्पादन प्रवर्द्धनका लागि नेपाल धागो उत्पादक संघले असोज २ गतेदेखि भृकुटीमण्डपमा मेला आयोजना गर्ने भएको छ।

मेलामा नेपाली धागोमार्फत उत्पादित विश्वस्तरीय गुणस्तरीय कपडा, होजियारी, तयारी पोशाक लगायत उत्पादन सस्तो मूल्यमा पाइने संघका अध्यक्ष पवन गोल्यानले बताए।

'हामीले उत्पादन गरेको सामान एक सय रुपैयाँमा बजारमा पुग्छ। तर त्यसैलाई विदेशी ट्याग लगाएर व्यापारीले पाँच सय रुपैयाँमा विक्री गरिरहेका हुन्छन्।यो मेलामार्फत सर्वसाधरणलाई नेपाली उत्पादन विश्वस्तरीय रहेको प्रमाण देखाउन चाहेका हौं।' अध्यक्ष गोल्यानले भने।

नेपालमै उत्पादन भएका सामाग्रीमा विदेशी ट्याग लागेर विक्री हुँदा पाँच गुणा महँगो हुनु स्वभाविक भएको जिकिर गरे। '१० वर्ष अगाडि नेपालमा उत्पादित धागो, कपडा, तयारी पोशाकमा सर्वसाधारणको विश्वास थिएन।हामीले विश्वस्तरीय कपडा बनाइसकेका छौं,’ उनले जिकिर गरे। गोल्यानका अनुसार हाल टर्की,खाडी, अमेरिका, भारत, बंगलादेशमा धागो निर्यात बढिरहेको छ।

वार्षिक एक नेपालीले सामान्यतया ४० मिटर कपडा उपभोग गर्नुपर्नेमा १५ मिटरमात्र नेपाली उत्पादन प्रयोग भएको बताउँदै लोकल गार्मेन्ट उत्पादक संघका अध्यक्ष किशोर नेपालले भने,' एक जना नेपालीले वार्षिक ३५-४० मिटर कपडा उपभोग गर्छन्। तर त्यसमध्ये नेपाली उत्पादन १५ मिटरमात्र उपभोग भइरहेको छ। सर्वसाधरणलाई यहीँको उत्पादन प्रयोग गराउन सकियो भने गरियो भने वाहिरबाट आउने उत्पादनमा महंगो मूल्य तिर्नु पर्ने वाध्यता अन्त्य हुने थियो।'

उनका अनुसार हाल यो उद्योगमा एक लाखले प्रत्यक्ष रोजगारी पाएका छन्। हाल नेपाली कपडा उद्योगमा अत्याधुनिक प्रविधी प्रयोग गरिएपनि सोचेजस्तो उत्पादन नभएको कपडा उद्योग संघका प्रतिनिधी रविनलाल श्रेष्ठले बताए। मेलामा ७४ वटा स्टल रहने संघले जनाएको छ। संघका अनुसर दुई वर्ष अघि आयोजित मेलामा ३६ वटा स्टल राखिएको थियो।