BIZMANDU
www.bizmandu.com

चालु आर्थिक वर्ष लागेदेखिनै बिथोलिएको शेयर बजार अझै लयमा फर्केन, सूचक १७ अंकले घट्यो

२०७६ भदौ २९


काठमाडौं।चालु आर्थिक वर्ष लागेदेखिनै बिथोलिएको शेयर बजार अझै लयमा फर्किने सकेको छैन।

Tata
GBIME
Nepal Life

सरकार र लगानीकर्ताबीचको तालमेल नमिलेकै कारण लयमा नफर्किएको शेयर बजार आइतबार थप फराकिलो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १७.८७ अङ्कले घटेर ११४०.०१ अंकमा ओर्लिएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ कानुन आउने खबरले आइतबार शेयर बजार घटेको शेयर लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए।'कम्पनी रजीष्टारको कार्यालयले आगामी बुधवारदेखि सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै छ' अर्यालले भने।

सोही निर्देशिकाले लगानीकर्ताको लगानीलाई थप कडाइ गर्ने प्रावधान रहेको लगानीकर्ताको प्रारम्भिक बुझाइ छ।  अर्यालका अनुसार 'निर्देशिकामा के छ भनेर लगानीकर्ताले हेर्नपाएका छैनन् तर लगानीमा कडाइ गरिने प्रावधान समेटिएको लगानीकर्ताको बुझाइ छ।'

निर्देशिकामा १० लाख बढीको कारोबार गर्दा नै स्रोत खुलाउनु पर्ने, २५ लाख बढिको कारोबारमा सरकारले निगरानी गर्ने लगायतका प्रावधान रहेको भन्दै लगानीकर्ता आत्तिएका कारण बजार घटेको अर्यालको बताए।

लामो समयदेखि सरकार लगानीकर्ताबीचको तालमेल नमिलेका कारण बजार दैनिक बजार घट्दै गएको आरोप नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए।

उनका अनुसार सरकार पूँजी बजारलाई कस्दै लैजाने योजनामा छ भने लगानीकर्ता खुकुलो वातावरण खोजिरहेका छन्। सरकार प्रति लगानीकर्ता पूर्ण विश्वस्त हुन नसकेको कारण शेयर बजार घट्दै गएको ढकालले बताए।

दैनिक बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप खस्किएका कारण बजार घटेको लगानीकर्ता युजियन बजीमयले बताए। उनका अनुसार यतिबेला लगानीकर्ताको मनोबल घटेको छ। थप लगानी गर्ने मनस्थितिमा लगानीकर्ता छैनन्।

आइतबार १६२ कम्पनीको शेयर कारोबार भयो। १० लाख ९० हजार कित्ता शेयर २८ करोड ८० लाख रुपैयाँमा कारोबार भयो।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। कारोबार रकमकै आधारमा नेपाल बैंकको दोस्रो बढी रकमको कारोबार भएको छ। उसको एक अर्व ७४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो।

आइतबार कारोबारमा आएका सबै उपसूचक घटेका छन्। यस दिन ११ समूहको शेयर कारोबार भएको थियो। सबैभन्दाबढी वाणिज्य बैंक समूहको १.८५ प्रतिशतले उपसूचक घटेको छ।