BIZMANDU
www.bizmandu.com

प्रभु बैंकले दुई मालपोत कार्यालयमा थप्यो एक्सटेन्सन काउन्टर, संख्या २९ पुग्यो

२०७६ भदौ २९

प्रभु बैंकले दुई मालपोत कार्यालयमा थप्यो एक्सटेन्सन काउन्टर, संख्या २९ पुग्यो
प्रभु बैंकले दुई मालपोत कार्यालयमा थप्यो एक्सटेन्सन काउन्टर, संख्या २९ पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु बैंकले महोत्तरीको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ।

बर्दिबासस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बराल र जलेश्वरको मालपोत कार्यालय प्रमुख भुपबहादुर बोगती र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले उद्घाटन गरेका छन्।

अब सेवाग्राहीहरुले अब विना झण्झट बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गर्न सक्नेछन्। 

बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु छन्।