BIZMANDU
www.bizmandu.com

विराटनगर भन्सारमा अनलाइन मूल्याङ्कन प्रणाली सुरु, भन्सार मूल्यमा एकरूपता आउने दाबी

२०७६ भदौ २७

विराटनगर भन्सारमा अनलाइन मूल्याङ्कन प्रणाली सुरु, भन्सार मूल्यमा एकरूपता आउने दाबी
विराटनगर भन्सारमा अनलाइन मूल्याङ्कन प्रणाली सुरु, भन्सार मूल्यमा एकरूपता आउने दाबी

Tata
GBIME
Nepal Life

विराटनगर।विराटनगर भन्सार कार्यालयमा शुक्रबारदेखि अनलाइन मूल्याङ्कन प्रणाली सुरु गरिएको छ।

भन्सार विभागका उपमहानिर्देशक मनमाया भट्टराईको नेतृत्वमा आएको टोलीले विराटनगर भन्सारमा अनलाइन मूल्याङ्कन प्रणालीको सुरुआत गराएको हो।यसअघि गतहप्ता वीरगञ्ज भन्सारलाई अनलाइन मूल्याङ्कनमा लगिएको थियो। कृष्णनगर र वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सारमा सबैभन्दा पहिले असारदेखि यो प्रणाली लागु गरिएको भन्सार विभागका प्रवक्ताशिशिर घिमिरेले बताए।

प्रवक्ता ढुङ्गानाका अनुसार देशका मुख्य भन्सार कार्यालयमध्ये अब भैरहवा र काँकडभिट्टामा मात्र अनलाइन मूल्याङ्कन प्रणाली सुरु गर्न बाँकी छ।‘अनलाइन मूल्याङ्कन प्रणाली सुरु भएपछि आयातकर्ताले अनलाइनबाटै आफ्नो मालवस्तुको भन्सार मूल्य घोषणा गर्नेछन्’, प्रवक्ता घिमिरेले भने, ‘यसपछि उक्त जानकारी विभागमा रहेको सन्दर्भ मूल्य सूचीमा पुग्नेछ र अनलाइनबाटै भेरिफिकेशन हुनेछ। सन्दर्भ मूल्य सूचीभन्दा कम मूल्य रहेछ भने सूचीमा रहेको मूल्य अनलाइन मार्फत् कायम हुनेछ ।’

यो प्रणालीका कारण अब देशका विभिन्न भन्सार कार्यालयमा एउटै मालवस्तुको भन्सार मूल्य फरक–फरक नहुने र भन्सार मूल्यमा एकरूपता आउने घिमिरेले स्पष्ट पारे।उनले भने, ‘अब विभिन्न भन्सार कार्यालयमा मालवस्तुको बेस रेट एउटै हुन्छ। भन्सार मूल्यमा ढुवानी दर र वीमाको रकमले मात्र अलिकति फरक पार्दछ।’