BIZMANDU
www.bizmandu.com

२० अर्ब लागतमा मुग्लिन-पोखरा सडक चार लेनको बन्दै, पहिलो चरणमा आँबुखैरेनीदेखि काम सुरु हुने

२०७६ भदौ २७

२० अर्ब लागतमा मुग्लिन-पोखरा सडक चार लेनको बन्दै, पहिलो चरणमा आँबुखैरेनीदेखि काम सुरु हुने
२० अर्ब लागतमा मुग्लिन-पोखरा सडक चार लेनको बन्दै, पहिलो चरणमा आँबुखैरेनीदेखि काम सुरु हुने


Tata
GBIME
Nepal Life

काठमाडौं। पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दैमुग्लिन-पोखरा सडक चार लेन बनाउने भएको छ।मुग्लिनदेखि पोखरासम्मै चार लेनको सडक निर्माण गर्न लागिएको भएपनि पहिलो चरणमा आँबुखैरेनीबाट पोखरा खण्ड निर्माण हुनेछ भने दोस्रो चरणमा मुग्लिन- आँबुखैरेनी खण्ड विस्तार हुनेछ। 

आयोजनाका अनुसार मुग्लिनदेखि आँबुखैरेनी सडक खण्डमा मर्स्याङदीको पावर हाउस पर्छ। त्यहाँको भौगोलिक बनोट अत्यन्त जटिल भएकोले त्यहाँ सडकको विकल्प खोजिने भएको छ।आयोजनालेयो खण्डको विकल्प खोज्दै कन्सल्ट्याण्ट नियुक्त गरेर काम सुरु गरिसकेको छ।मुग्लिनदेखि आँबुखैरेनीसम्म मर्स्याङदीको बायाँ किनारमा जाने निर्णय भएको आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) उपआयोजना प्रमुख सुरेश पौडेलले जानकारी दिए। उनका अनुसार दुईलेन अहिलेको विद्यमान सडक हुन्छ भने दुईलेन मर्स्याङदीको बायाँ किनारमा निर्माण हुनेछ।

आयोजनाका अनुसार आँबुखैरेनीदेखि पोखरासम्मको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। कोरियन इन्जिनियरिङ कन्सल्ट्याण्टले डिपिआर तयार पारेको हो। डिपिआर तयार भइसकेकाले पहिलो चरणमा आँबुखैरेनी देखि पोखरासम्मको काम अघि बढाइने भएको छ भने दोस्रो चरणमा मुग्लिन – आँबुखैरेनी सडक विस्तार गर्ने योजना बनाईएको हो। 'आँबुखैरेनीदेखि पोखरासम्मको इस्टिमेट तयार पारिसकेको छौ। छिट्टै ठेक्का निकाल्ने तयारीमा छौ' पौडेलले भने।

त्यस्तै एडीबीसँग ऋण सम्झौता गर्ने अन्तिम तयारी भएको आयोजनाले जनाएको छ। सम्झौता गर्नुअघि पहिलेको 'लोन नेगोशिएसन' भैसकेको छ। लोन नेगोशिएसन हुनु भनेको सम्झौंता निश्चित हुनु जस्तै भएको आयोजनाका अधिकारीहरु बताउँछन्।'डकुमेन्ट सबै तयार भैसकेको छ।नोभेम्वरमा औपचारिक सम्झौता हुन्छ' उपप्रमुख पौडेलले भने।

आँबुखैरेनी देखि पोखरासम्म करिव ८० किलोमिटर दुरी पर्छ।बजार र बस्ती भएका क्षेत्रमा भने ६ लेनको हुनेछ। त्यस्ता क्षेत्रमा दायाँ र बायाँ सर्भिस लेन हुनेछ। सडकको चौडाई भने ठाँउ अनुसार फरक/फरक हुनेछ। सर्भिस लेन भएको स्थानमा ४० मिटर चौडाईको सडक हुनेछ भने नभएका स्थानमा २५ मिटर हुनेछ। 

सडकमा फुटपाथ ट्राफिक साईन वीच मेडियन रहनेछ। मेडियनमा ग्रीनरी वेल्ट निर्माण हुनेछ।त्यसै गरि दमौलीको मादी खोलामा चार लेनको पुल निर्माण हुनेछ। सेती नदीमा पुरानो पुल संगै नयाँ दुई लेनको पुल निर्माण हुनेछ भने अरु साना ८ वटा पुल निर्माण हुनेछ।

आँबुखैरेनी-पोखरा सडक खण्डका लागि करिव २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ।मुग्लिन-आँबुखैरनीको भने  अध्ययन भैरहेकाले रिपोर्ट तयार भएपछि जानकारी हुनेछ।यो खण्ड करिव १३ किलोमिटर पर्छ।यो सडक पनि एडिवीकै ऋण सहयोगमा निर्माण हुनेछ। 

'अन्तराष्ट्रिय विमानस्थललाई सहयोगी'
पक्की सडक निर्माण भएसँगै पर्यटकीय नगरिपोखराको महत्व थप बढ्नेछ। पोखरासम्म सडकमार्ग हुँदै सहजै पुग्न सकिनेछ।पोखरामा निर्माणमाधीन अन्तराष्ट्रिय विमानस्थलका लागि समेत सहयोगी हुने सडक विभागका अधिकारीहरुको भनाई छ। 

नारायणगढ – मुग्लिन सडक विस्तार भैसकेको छ। राजमार्ग फराकिलो पार्ने सरकारको योजना अनुरुप यो सडक विस्तार गर्न लागिएको हो। 

'पाँच बर्षसम्म भत्किए ठेकेदारको जिम्मा'
आयोजनाका अनुसार निर्माण कम्पनीले जिम्मा पाएको तीन बर्षमा सडक तयार पारेर आयोजनालाई हस्तान्तरण गर्नुपर्नेछ । निर्माण सम्पन्न गरेर हस्तान्तरणको गरेको पाँच बर्षसम्म सडकको जिम्मा निर्माण कम्पनीले लिनुपर्छ। यो अवधिभित्रमा भत्किए/ विग्रिए वा कुनै समस्या आए निर्माण कम्पनी आफैले मर्मत सम्भार गर्नुपर्छ। जसलाई डिफेक्ट लायविलिटि पिरियड (डिलएपी) भनिन्छ। आयोजनाका अनुसार जसलाई पर्फर्मेन्स वेश मेन्टेनेन्सका आधार ठेक्का लगाउनका लागिएकाले कडा प्रावधान राखिएको हो। 

बुटवल-नारायणगढ पछि यो दोस्रो सडक हो जसमा ५ बर्ष डिलएपी राखिएको छ। अन्य सडकहरुको हकमा एक बर्ष मात्रै डिएलपी राखिएको छ।पाँच डिएलपी राख्दा सडक गुणस्तरीय हुने आयोजनाका अधिकारीहरुको दाबी छ।