BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको कार्डबाट अनलाइन सपिङ गर्दा शुल्क नलाग्ने, यसरी गर्न सकिन्छ अनलाइन सपिङ

२०७६ भदौ २७

माछापुच्छ्रे बैंकको कार्डबाट अनलाइन सपिङ गर्दा शुल्क नलाग्ने, यसरी गर्न सकिन्छ अनलाइन सपिङ
माछापुच्छ्रे बैंकको कार्डबाट अनलाइन सपिङ गर्दा शुल्क नलाग्ने, यसरी गर्न सकिन्छ अनलाइन सपिङ


काठमाडौं। माछापुच्छ्र बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरि बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अव कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले यो सुविधा ल्याएको हो। 

ग्राहकले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा यो सुविधा प्राप्त गर्न सक्नेछन्। यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्नेछैन। 

बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ। 

बैंकका १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ। बैंकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।