BIZMANDU
www.bizmandu.com

जनक शिक्षा सामाग्रीमा ३६ जनालाई जागिरको मौका, उपप्रवन्धक बाहेक सबै खुला प्रतिस्पर्धाबाट

२०७६ भदौ २७


काठमाडौं। जनक शिक्षा सामाग्री केन्द्रले वरिष्ठ सहायकदेखि शाखा अधिकृतसम्मको पदमा ३६ जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ।
केन्द्रले सातौं तहको उप प्रवन्धक पदमा भने आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्नेछ।

Tata
GBIME
Nepal Life

उपप्रवन्धक पदका लागि केन्द्रमै न्युनतम ६ वर्ष अधिकृत तहमा काम गरेको अनुभव हुनु पर्नेछ।

शाखा अधिकृत पदतर्फ प्रशासन, लेखा तथा स्टोर, अफसेट, बाइण्डिङ, इलेक्ट्रिकल र सूचना प्रविधि समुहमा जम्मा १४ जना कर्मचारी आह्वान गरिएको छ। अधिकृत स्तरको पदमा सम्बन्धित समुह अन्तर्गतको शिक्षामा स्नातक गर्नुपर्छ।

वरिष्ठ सहायक पदका लागि १९ जना कर्मचारी माग गरिएको छ। यस पदका पनि सम्बन्धित समुह अन्तर्गतको शिक्षामा प्लस टु उत्तीर्ण गरेको हुनु पर्छ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आजको २१ दिनभित्र केन्द्रको कार्यालय सानोठिमीमा आवदेन दिनु पर्नेछ।