BIZMANDU
www.bizmandu.com

कार्ड नचलुन्जेल भारतमा नेपालीलाई भुक्तानी दिने जिम्मा प्रभु र आइएमइलाई, ‘झनै खतरा छ’

२०७६ भदौ २७

कार्ड नचलुन्जेल भारतमा नेपालीलाई भुक्तानी दिने जिम्मा प्रभु र आइएमइलाई, ‘झनै खतरा छ’
कार्ड नचलुन्जेल भारतमा नेपालीलाई भुक्तानी दिने जिम्मा प्रभु र आइएमइलाई, ‘झनै खतरा छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। चिनियाँ ह्याकरका कारण अबरुद्ध भएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सेवा सुचारु नहुन्जेल भारतमा रहेका नेपालीलाई भुक्तानी गर्ने जिम्मा प्रभु र ग्लोबल आइएमइ बैंकमा आएको छ।

प्रभु र आइएमइ मनि ट्रान्सफरमार्फत भुक्तानी मिलाउने गरी राष्ट्र बैंकले निर्देशन दिएको छ। यस बारेमा नेप्ससँग आबद्ध बैंकलाई बोलाएर राष्ट्र बैंकले बिहीबार छलफल गरेको थियो। छलफलपछि राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।

सेवा अबरुद्ध हुनुअगाडि जारी गरिएका प्रिपेड/डेबिट/क्रेडिट कार्डमा काय बाँकी मौज्दातको सीमासम्मको रकम बैकल्पिक माध्यमबा६ दोहोरो नपर्ने गरी रकमान्तर गर्न राष्ट्र बैंकले सुविधा दिएको छ। 

यस्तो माध्यमबाट रकमान्तर भएको रकम कार्डको सीमाबाट घटाउनु पर्नेछ। बैकल्पिक माध्यमबाट रकमान्तर गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन भने पाइँदैन।

राष्ट्र बैंकको ब्यवस्थाले बैंकहरुलाई भुक्तानीका लागि दबाब पुगेपनि प्राविधिक पक्ष भने जटिल रहेको उनीहरुले जनाएका छन्। भारतमा भुक्तानीका लागि त्यहाँको नियामकबाट स्वीकृति नपाएको अवस्था नेपाली नियामकले दबाब दिँदैमा भुक्तानी गर्न कठिन हुने उनीहरुको तर्क छ।

'प्रणालीबाहिरबाट गएर भुक्तानी गर्नु पर्छ। त्यसको हिसाब किताब मिलाउन पनि गाह्रो छ' ती बैंकरले भने, 'खाताम पैसा भए त ठिकैछ नभएको अवस्थामा बैंकलाई अप्ठेरो पर्न सक्छ। राष्ट्र बैंकले दिएको सुविधाको दूरुपयोग हुने संभावना पनि उत्तिकै छ।'