BIZMANDU
www.bizmandu.com

आरटिजिएसको ‘ट्रायल’ ले बिहीबार चेकको क्लियरिङ भएन, बिदाका दिन पनि बैंकका कर्मचारी काममा

२०७६ भदौ २७

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्र बैंकले प्रयोगमा ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीले पूर्ण रुपमा काम गर्न नसक्दा बिहीबार सबै बैंकको चेक क्लियरिङ सेवा अबरुद्ध भएको छ।

२ लाख रुपैयाँभन्दा माथिको भुक्तानी चेक नकाटी हुने ब्यवस्था गरेको राष्ट्र बैंकले बिहीबारबाट आरटिजिएसको 'ट्रायल' सुरु गरेको थियो। अब क्लियरिङको काम पनि आरटिजिएसबाट हुन्छ।

हिजो अबेर रातिसम्म बैंकका कर्मचारीहरु क्लियरिङका लागि बसेका थिए। तर समस्या आएपछि क्लियरिङ हुन सकेन। शुक्रबार बिदाको दिनसमेत क्लियरिङका लागि कर्मचारी खटिएका छन्।

'पूर्ण तयारी नगरी लागू गर्दा समस्या भएको हो' एक बैंकरले भने, 'आरटिजिएसका लागि राष्ट्र बैंक पनि काँचो थियो। बैंकर पनि अलमलमा परे।'