BIZMANDU
www.bizmandu.com

‘राज्यले पहिले थुन्ने अनि मात्र सुन्ने नीति लिएको छ’ फर्निचर तथा फर्निसिङ एक्सपो भृकुटीभण्डपमा

२०७६ भदौ २५

‘राज्यले पहिले थुन्ने अनि मात्र सुन्ने नीति लिएको छ’ फर्निचर तथा फर्निसिङ एक्सपो भृकुटीभण्डपमा
‘राज्यले पहिले थुन्ने अनि मात्र सुन्ने नीति लिएको छ’ फर्निचर तथा फर्निसिङ एक्सपो भृकुटीभण्डपमा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनु पर्ने बताएका छन्।

सरकारले व्यवसायीमैत्री वातावरण बनाउनभन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको उनको आरोप छ।

पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अघि बढ्न नसक्ने उनले बताए। उनले निजी क्षेत्रले सरकारलाई विश्वास गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए।

फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) उद्घाटन कार्यक्रममा श्रेष्ठले सरकारप्रति असन्तुष्टी ब्यक्त गरेका हुन्।

बुधबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरेका छन्। राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ। 

आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए। दक्ष जनशक्तिको अभाव सँधै खड्किदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसँग आग्रह गरे। 

मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भएपनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो। 

संघका निवर्तमान अध्यक्ष राजेश अग्रवालले आयातमुखी व्यवसायले व्यापार घाटा बढाएको मात्र नभई स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताएका थिए।