BIZMANDU
www.bizmandu.com

एलपी ग्यास उद्योग संघको अध्यक्षमा पुन: गोकुल भण्डारी, संघबाट वाहिरिएका डल्लाकोटी पनि भित्रिए

२०७६ भदौ २५

एलपी ग्यास उद्योग संघको अध्यक्षमा पुन: गोकुल भण्डारी, संघबाट वाहिरिएका डल्लाकोटी पनि भित्रिए
एलपी ग्यास उद्योग संघको अध्यक्षमा पुन: गोकुल भण्डारी, संघबाट वाहिरिएका डल्लाकोटी पनि भित्रिए

Tata
GBIME

काठमाडौं।नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुन: निर्विरोध निर्वाचित भएका छन्।संघको बुधबार भएको साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन्।

भण्डारीको यो दोस्रो कार्यकाल हो।पहिलो कार्यकालमा वर्षौदेखिको ग्यास उद्योगीको कमिशन बढाउन भूमिका खेलेको भन्दै उनी दोस्रो कार्यकालमा समेत अध्यक्ष बनाइएको एक उद्योगीले बताए।‘ग्यासको कमिशन मात्रै होइन सुधारका लागि पनि पहल गर्नुभयो। उहाँ अध्यक्ष भएपछि आम नागरिकमा समेत उद्योगीको नकारात्मक धारणा कम भएको छ।’ती उद्योगीले भने।

संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन्।संघको महासचिवमा दिवान चन्द,कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन्। संघको सदस्यहरुमा सुनिल सिन्हा,राजकुमार सिन्धी,लोकहर्ष शाक्य,आशिष अग्रवाल जाजोदिया,बाबुराम पोखरेल,योगेश घिमिरे र सुदिप घिमिरे चयन भएका छन्।संघले योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन गरेको छ।

संघमा आए राजेन्द्र डल्लाकोटी

ग्यास उद्योग संघको कामकारवाही प्रति असहमति जनाउँदै वाहिरिएका राजेन्द्र डल्लाकोटी संघमा आवद्ध भएका छन्।उपाध्यक्ष समेत भइसकेका डल्लाकोटीले ग्यास उद्योग सुधारका लागि भन्दा व्यक्तिगत लाभका लागि संघ प्रयोग गरिएको भन्दै साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए।

अध्यक्ष भण्डारीकै आग्रहमा डल्लाकोटी संघमा फर्किएका हुन्।उनको साईँबाबा र श्रीकृष्ण ग्यास उद्योग छ।यस्तै संघमा सरकारी स्वामित्वको साल्ट ट्रेडिङ समेत सदस्य भएको छ।साल्ट ट्रेडिङको एसटिसी समेत सदस्य भएको संघले जनाएको छ।