BIZMANDU
www.bizmandu.com

उद्योगमन्त्रीको एफएनसीसीआईको नेतृत्वलाई प्रश्न: -‘नेतृत्वमा आउनेलाई रोक्दा संस्था फुट्दैन?’

२०७६ भदौ २५

उद्योगमन्त्रीको एफएनसीसीआईको नेतृत्वलाई प्रश्न: -‘नेतृत्वमा आउनेलाई रोक्दा संस्था फुट्दैन?’
उद्योगमन्त्रीको एफएनसीसीआईको नेतृत्वलाई प्रश्न: -‘नेतृत्वमा आउनेलाई रोक्दा संस्था फुट्दैन?’

Tata
GBIME
Nepal Life

काठमाडौं।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले नेतृत्व लिने क्रममा रहेका व्यक्तिलाई रोक्दा नेपाल उद्योग वाणिज्य महासंघ फुट्ने गरेको बताएका छन्।

‘निजी क्षेत्रको संस्थाभित्र आन्तरिक प्रतिस्पर्धा छ।त्यही प्रतिस्पर्धाका कारण महासंघमा विभाजन भएर विभिन्न व्यवसायिक संगठन खुलिरहेका छन्’नेपाल ग्यास उद्योग संघको साधारणसभा उद्घाटन गर्दै उनले भने,’अहिले पनि नेतृत्वमा आउन खोज्ने मान्छेलाई रोक्न खोजिएको छ।त्यसले फेरि फूट निम्त्याउने निश्चित छ।’

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले निजी क्षेत्र विभाजित हुँदा सरकारले खेल्ने अवसर पाएको धारणा राखेपछि मन्त्री यादबले यो धारणा राखेका हुन्। उनले महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वत: अध्यक्ष हुनबाट रोक्न विधान संशोधनको तयारीप्रति कटाक्ष गर्दै आफ्नो धारणा राखेका हुन्।अहिले महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष रोक्न खोजिएको छ। यसका लागि भार कात्तिक २८ गते विशेष साधारणसभा तय गरिएको छ।

मन्त्री यादबले निजी क्षेत्रले एउटै मुद्दा बनाएर छलफलका लागि आउन समेत आग्रह गरे।‘म मन्त्री हुनेवित्तिकै निजी क्षेत्र एकजुट भएर आउन भनेको थिए।तपाईँहरु एकजुट भएर ल्याएको मुद्दामा छलफल गरेर अगाडि बढ्न हामीलाई पनि सजिलो हुन्छ। हामीजस्तो राजनीतिक दल मिलिसकेका छौं। तर तपाईँहरु किन मिल्न सक्नुभएको छैन?’ मन्त्री यादबले प्रश्न गरे।