BIZMANDU
www.bizmandu.com

एनआईसी एशियाको र ललितपुर जिल्ला अदालतबीच सम्झौता, एक्सटेन्सन काउन्टर र एटिएम मेशिन राखिने

२०७६ भदौ २५

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो एक्सटेन्सन काउन्टर र एटिएम मेशिन ललितपुर जिल्ला अदातल परिसमा राख्ने भएको छ।

बैंक र ललितपुर जिल्ला अदालत लगनखेलबीच भएको सम्झौता अनुसार अदालतले  एक्सटेन्सन काउन्टर र एटिएम मेशिन संचालनकालागि स्थान उपलब्ध गराउने छ।

समझौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरे।

ललितपुर अदालत परिसरमा एक्सटेनस काउन्टठर तथा एटिएम मेशिन संचालनमा आएसँगै अदालतमा जाने सेवाग्राहीलाई आवश्यक रकम ब्यबस्थापन गर्न सहज हुनेछ।