BIZMANDU
www.bizmandu.com

सेञ्चुरी बैंक आरटीजीएस प्रणालीमा, एउटा बैंकबाट अर्कोमा भुक्तानी कारोबार सहज हुने

२०७६ भदौ २५


काठमाडौं। सेञ्चुरी बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

Tata
GBIME
Nepal Life

सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने बेहोरा उल्लेख छ ।           

सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले हस्ताक्षर गरे।