BIZMANDU
www.bizmandu.com

छिमेक लघुबित्त वित्तीय संस्थाले घोषणा गर्यो बम्पर लाभांश, शेयरधनीले ४४% लाभांश पाउने

२०७६ भदौ २५

काठमाडौं। सात वर्षदेखि शेयर धनीलाई बम्पर लाभांश दिँदै आएको छिमेक लघुबित्त वित्तीय संस्थाले यस बर्ष पनि बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्थाले गत वर्षको नाफाबाट ४४.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

Tata
GBIME
Nepal Life

हाल कायम चुक्ता पुँजी एक अर्व १८ करोड रुपैयाँ बराबरको हुन आउने २७.११ प्रतिशतको बोनस शेयर र उक्त बोनस शेयरकोलागि कर प्रयोजन सहित १७.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव संस्थाले गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैक र सर्वसाधारण पारित भएपछि शेयरधनीले पाउने छन्। गत वर्ष संस्थाले ४० प्रतिशत र अघिल्लो वर्ष संस्थाले ४५ प्रतिशत लाभांश दिएको थियो।

विगत सात वर्षयता संस्थाले ४० प्रतिशत लाभांश घटाएको छैन। प्रति शेयर आम्दानी ७८ रुपैयाँ तीन पैसा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ ९१ पैसा रहेको छ।