BIZMANDU
www.bizmandu.com

लक्ष्मी लघुबित्तले लाभांश प्रस्ताव गर्यो, शेयरधनीले १५% बोनस शेयर र ११% नगद पाउने

२०७६ भदौ २५

Tata
GBIME
Nepal Life

बिजमाण्डू। लक्ष्मी लघुबित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ। संस्थाले २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यसमध्ये १५ प्रतिशत हुन आउने तीन करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर र ११.३२  प्रतिशतले हुन आउने दुई करोड त्रिहत्तर लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ।

मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो। प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र सर्वसाधारण पारित भएपछि शेयरधनीले पाउने छन्।

गत वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण अनुसार हाल संस्थाको चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ।

उसको जगेडा कोषमा २४ करोड ४६ लाख रुपैयाँ रहेको छ। गत वर्ष संस्थाले ११ करोड रुपैयाँ खुद नाफा गरेको थियो। प्रति शेयर आम्दानी ४५ रुपैयाँ ८४ पैसा रहेको संस्थाको प्रति शेयर नेटवर्क २०१.११ रहेको छ।