BIZMANDU
www.bizmandu.com

एक महिना अघिनै दशैको फूलपातीदेखि टिकासम्मको हवाई टिकट छैन, कसरी सकियो बुकिङ? 


Tata
GBIME
Nepal Life

काठमाडौं।दशैंका लागि वायुसेवा कम्पनीको सस्तो टिकट सकिएको छ।दशैंको फूलपातीदेखि टिकासम्मका लागि सस्तो टिकट बुकिङ भइसकेको छ।केही गन्तब्यमा महँगो टिकट समेत सकिएको छ।

वायुसेवा कम्पनीले अग्रिम टिकट नखुलाउँदै दशैंका लागि बुकिङ सकिएको छ।दशैंका लागि एक महिना अघिनै टिकट कसरी सकियो? प्रविधिका कारण एक महिना अघिनै टिकट सकिएको हो।विभिन्न पेमेन्ट गेटवे र हवाई कम्पनीको अनलाइनमार्फत बुकिङ गर्ने सुविधाका कारण एक महिना अघिनै टिकट सकिएको हो।इसेवा,आइएमई पे,प्रभु पे र खल्तीमार्फत हवाई टिकट बुकिङका साथै भूक्तानी गर्न सकिन्छ।यही कारण उपभोक्ताले अग्रिम टिकट काटे।

केही वर्षअघिसम्म दशैंका लागि वायुसेवा कम्पनीले सस्तो टिकट बुकिङ अग्रिम रुपमा खोल्थे।निजी क्षेत्रको वायुसेवा कम्पनीको सेवा नहुँदा अझ नेपाल वायुसेवा निगमको टिकटको भीड नियन्त्रणका लागि लाठीचार्ज समेत हुने गरेको थियो। सडक यातायातले नछोएका दुर्गम क्षेत्रमा जान हवाई जहाजनै विकल्प थिए।एक महिना अघि टिकटका लागि हारालुछनै हुन्थ्यो।तर अहिले समय फेरिएकाले मोबाइलमार्फत टिकट बुकिङ भयो र अग्रिम टिकटनै खुलेन्।

भाडादर

गन्तब्य

न्यूनतम भाडादर

अधिकतम भाडादर

काठमाडौं-विराटनगर

 ४,७००/-

७,५५०/-

काठमाडौं-भद्रपुर

५,५००/ –

९,१००/-

काठमाडौं-सिमरा

३,१२०/-

३,१२०/-

काठमाडौं-भैरहवा

४,३०० /-

६,२००/-

काठमाडौं-धनगढी

५,९००/-

१२,६५०/-

काठमाडौं-तुम्लिङटार

६,०००/-

६,०००/-

काठमाडौं-पोखरा

२,७००/-

५,०५०/-

काठमाडौं-भरतपुर

२,९५०/-

३,६५०/-

काठमाडौं-जनकपुर

३,४००/-

४,३००/-

काठमाडौं-नेपालगञ्ज

५,६००/-

१०,०००/-

महँगो टिकट किन?

दशैंका बेलामा काठमाडौंबाट वाहिर जाने टिकटको मूल्य महँगो पर्छ।काठमाडौंबाट विभिन्न गन्तब्यमा जाने यात्रु धेरै हुने तर फर्किने बेलामा यात्रुनै नहुने भएकाले टिकट महँगो पर्छ।तर नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम शुल्क भन्दा बढी भने लिन मिल्दैन।

'अरु समयमा उडान गर्दै आएका विभिन्न गन्तब्यमा आउने/जाने यात्रुको संख्या झण्डै बराबरी हुन्छ। तर यो चाडवाडमा निश्चित गन्तब्यमा गएर फर्कने यात्रु नै कम हुन्छन्। त्यसैकारण यो समयमा सस्तो टिकट पाउनै मुस्किल हुन्छ', बुद्ध एयरका बजार प्रमुख रुपेश जोशीले बिजमाण्डूसँग भने। उनका अनुसार वायुसेवा कम्पनी थपिएकाले समेत टिकटनै नपाउने समस्या भने हुँदैन्।तर जोशीले दशैंको फुलपातीदेखि टिकासम्मको टिकट भने बुकिङ भइसकेको बताए।यति एयरलाइन्सका वरिष्ठ प्रवन्धक भीमराज राईले अनलाइनमार्फत टिकट बुकिङ गर्ने बढेको बताउँदै सस्तो टिकट सकिएको बताए।उनका अनुसार केही वर्ष अघिजस्तो टिकट हारालुछ भने हुँदैन।

उनले भने-,' पछिल्लो समय वायुसेवा कम्पनीले धमाधम ठूला जहाज थपिसकेका छन्। गत वर्ष टिकाको अघिल्लो दिन पनि यात्रुले सहजै टिकट पाएका थिए। यसपाली त टिकट पाउन विगतमा जस्तो असहज हुँदैन।‘ श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले दशैंमा सस्तो टिकट पाउन कठिन रहेको बताए।उनले काठमाडौंबाट जाँदा यात्रु खचाखच हुने तर फर्किँदा चालकदल मात्रै फर्किनुपर्ने भएकाले सस्तो टिकट पाउन कठिन जिकिर गरे।