BIZMANDU
www.bizmandu.com

तीन वर्षपछि नेपालमा स्पाइस जेटको रि-इन्ट्री, नोभेम्बरदेखि उडानका लागि क्यानलाई पत्राचार

२०७६ भदौ २४

तीन वर्षपछि नेपालमा स्पाइस जेटको रि-इन्ट्री, नोभेम्बरदेखि उडानका लागि क्यानलाई पत्राचार
तीन वर्षपछि नेपालमा स्पाइस जेटको रि-इन्ट्री, नोभेम्बरदेखि उडानका लागि क्यानलाई पत्राचार

GBIME
Tata

काठमाडौं। भारतीय वायुसेवा कम्पनी स्पाइस जेटले तीनवर्ष पछि पुनः नेपाल उडान गर्ने भएको छ।

कम्पनीले आउँदो नोभेम्बरदेखि मुम्बई-काठमाडौं-दिल्ली र दिल्ली-काठमाडौं-मुम्बई नियमित उडान गर्ने जेनरल सेल्स एजेन्ट जेनिथ ट्राभलका एयरपोर्ट म्यानेजर राजेन्द्रकृष्ण जोशीले जानकारी दिए।उनका अनुसार स्पाइसले दैनिक दुई उडान गर्नेछ।

'स्पाइस जेटले तीन वर्षपछि नेपालमा पुनः नियमित उडान गर्ने चासो देखाएको छ। कम्पनीले प्रकृया सुरु गरिसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत पाएमा कम्पनीले नेपालमा पुनः नियमित उडान सुरु गर्नेछ।' जोशीले बिजमाण्डूसँग भने।उनका अनुसार नोभेम्बरमा नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।प्राधिकरणले आधिकारिक कागजपत्र भने नबुझाएको जनाएको छ।