BIZMANDU
www.bizmandu.com

बर्षौदेखि डुबेको ऋण उठान बैंकहरुलाई थप सजिलो, पुनर्संरचनासँगै धितो बिक्री गर्न पाइने ब्यवस्था

२०७६ भदौ २४

बर्षौदेखि डुबेको ऋण उठान बैंकहरुलाई थप सजिलो, पुनर्संरचनासँगै धितो बिक्री गर्न पाइने ब्यवस्था
बर्षौदेखि डुबेको ऋण उठान बैंकहरुलाई थप सजिलो, पुनर्संरचनासँगै धितो बिक्री गर्न पाइने ब्यवस्था

Tata
GBIME
Nepal Life

काठमाडौं। अप्ठेरोमा परेको ऋणहरु उठाउनका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सहजीकरण गरिदिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट लेना रकम असुलउपर गर्दा सर्वप्रथम असुल उपर गर्नुपर्ने ब्याज रकम सम्पूर्ण रुपमा असुलउपर गर्नु पर्ने हुन्छ र बाँकी रकम साँवामा आवश्यक हिसाव मिलान गर्नु पर्ने हुन्छ। 

पुनरसंरचना र पुनरतालिकीकरण गरिएका खराव कर्जाहरुको सन्दर्भमा यो व्यवस्था लागू गर्न अनिवार्य थिएन। तर धितो बिक्री गरी असुल गर्न भने समस्या थियो। राष्ट्र बैंकले सोमबारबाट भने यो ब्यवस्थामा लचकता अपनाएको हो।

खासगरी पछिल्लो समय पोखराको फुलबारी रिसोर्टमा मेरियट होटलको चेन आउने भएको छ। उसलाई चलाउन दिनुअघि सञ्चालकले केही पैसा बैंकलाई बुझाएर मात्र  ऋण पुनर्संरचना गर्नु पर्ने हुन्छ। त्यसका लागि केही धितो बिक्री गरेर पुनर्संरचना गर्न अब बैंकहरुलाई सजिलो भएको छ।

नयाँ निर्देशनमा भनिएको छ- पुनर्संरचना र पुनरतालिकीकरण गरिएका र धितो बिक्री गरी असुल गर्नुपर्ने प्रकृयामा रहेका खराब कर्जाहरुको सन्दर्भमा कर्जाको साँवा तथा ब्याज असुल गर्ने ब्यवस्था लागू गर्न अनिवार्य हुने छैन।