BIZMANDU
www.bizmandu.com

प्रभु मनि ट्रान्सफर र सिजी इलेक्ट्रोनिक्सबीच सम्झौंता, रकम पठाएको रसिद देखाए आकर्षक छुट

२०७६ भदौ २३

प्रभु मनि ट्रान्सफर र सिजी इलेक्ट्रोनिक्सबीच सम्झौंता, रकम पठाएको रसिद देखाए आकर्षक छुट
प्रभु मनि ट्रान्सफर र सिजी इलेक्ट्रोनिक्सबीच सम्झौंता, रकम पठाएको रसिद देखाए आकर्षक छुट

Tata
GBIME
Nepal Life

काठमाडौं।प्रभु मनि ट्रान्सफर र सिजी इलेक्ट्रोनिक्सबीच सम्झौंता भएको छ।यो सम्झौंतापछि प्रभुमार्फत रकम पठाउने ग्राहकले सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डका सामानमा आकर्षक छुट पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो योजना अनुसार प्रभु मनि ट्रान्सफरबाट रकम प्राप्त गर्दा दिइने रसिद लिएर सिजी डिजिटल र एलजी लाइफ स्टाइल शोरुमबाट टिभी,फ्रिज र वासिङ मेशिन किन्दा छुट पाउने कम्पनीले जनाएको छ।सिजी इलेक्ट्रोनिक्सले सिजी,गोदरेज र टिसिएल ब्राण्डका इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको छ।