BIZMANDU
www.bizmandu.com

ओमानको बजेट क्यारियर सलाम एयरले सातै दिन काठमाडौं उडान गर्ने, एक लाख यात्रु बोक्ने

२०७६ भदौ २३

ओमानको बजेट क्यारियर सलाम एयरले सातै दिन काठमाडौं उडान गर्ने, एक लाख यात्रु बोक्ने
ओमानको बजेट क्यारियर सलाम एयरले सातै दिन काठमाडौं उडान गर्ने, एक लाख यात्रु बोक्ने

Tata
GBIME
Nepal Life

काठमाडौं।ओमानको बजेट क्यारियर सलाम एयरले काठमाडौंमा सातै दिन उडान सुरु गरेको छ।यो एयरले साताको तीन दिन मात्रै उडान गर्दै आएको थियो।सलामको नेपालको जिएसए आइएमई ट्राभलले यो जानकारी दिएको हो।

शनिबार आइएमईले आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले सलामको सातै दिन उडानले पर्यटन वर्ष सफल बनाउन सहयोग पुग्ने बताए।कार्यक्रममा आइएमई समूहका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपालीलाई यात्रामा सहजता हुने बताउँदै विदेशी पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख दाबी गरे।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताए।सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीन अल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्त्वपूर्ण पर्यटकीय गन्तब्य मुलुक भएको बताए। सलाम एयरका हेड अफ सेल्स मोहम्मद अल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायीक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहज हुने उल्लेख गरे।

कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्ग लगायतले बोलेका थिए।कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंक गरि कुल दश (१०) ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो ।सलाम एयरले आफ्नो काठमाडौं उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दश ट्राभल एजेन्सीहरुलाई सम्मानित गरिएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिए।