BIZMANDU
www.bizmandu.com

जलविद्युत कम्पनीको कमजोर अवस्थाले लगानीकर्ता संकटमा, आधार मूल्य भन्दा तल भाउ

२०७६ भदौ २२

जलविद्युत कम्पनीको कमजोर अवस्थाले लगानीकर्ता संकटमा, आधार मूल्य भन्दा तल भाउ
जलविद्युत कम्पनीको कमजोर अवस्थाले लगानीकर्ता संकटमा, आधार मूल्य भन्दा तल भाउ


काठमाडौं। जलविद्युत कम्पनीको खराव वित्तीय अवस्थाले लगानीकर्ताहरु संकटमा परेका छन्। दोस्रो बजारमा सूचीकृत ३२ कम्पनीमध्ये २६ वटाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ वटा जलविद्युत कम्पनी नोक्सानमा छन्। नाफामा हुने कम्पनीको नाफा पनि उत्साहप्रद छैन। 

Tata
GBIME
Nepal Life

नाफामा देखिएका कम्पनी मध्ये ११ वटाको प्रतिशेयर आम्दानी १० रुपैयाँभन्दा तल छ। साथै १० रुपैयाँभन्दा माथि प्रतिशेयर आम्दानी हुने कम्पनी जम्मा ४ वटा मात्रै छन्। जबकी हाल बैंकमा निक्षेप जम्मा गरेरै ८/१० प्रतिशत व्याज प्राप्त गर्न सकिन्छ। 

राम्रो प्रतिफल दिन नसक्ने भएकाले अधिकांश कम्पनीको बजार मूल्य आधार मूल्यभन्दा तल झरेको छ। प्राथमिक बजारबाट १०० रुपैयाँमा खरिद गरेका १२ कम्पनीको बजार मूल्य आधार मूल्यभन्दा तल झरेको छ। लामो समयसम्म राम्रो प्रतिफल दिन नसक्ने हुँदा ती कम्पनीहरुले दोस्रो बजारमा राम्रो मूल्य प्राप्त गर्न सकेका छैनन्। 

कुनै समय जलविद्युत कम्पनीको शेयर भन्दै दिनभरी लाम बसेर खरिद गरेका कम्पनीको बजार मूल्य अहिले १०० रुपैयाँभन्दा तल छ। अझ प्रतिफलको कुरा गर्ने हो भने अधिकाम्सले लाभांस दिन सकेका छैनन्। अझै धेरै वर्ष लाभांस दिन सक्ने अवस्था देखिदैन। 

यसरी शेयर मूल्य आधार मूल्यभन्दा तल झर्न थालेपछि सर्वसाधारणसँगै संस्थापक शेयरधनीहरुले पनि शेयर धितोमा राखेर कर्जा लिन सक्दैनन्। दोस्रो बजारमा उचित मूल्य पाउने नदेखेपछि पछिल्लो समय सर्वसाधारणले जलविद्युत कम्पनीका शेयर खरिद गर्न नै छाडेका छन्। 

जलविद्युत आयोजना निर्माण गर्न धेरै पैसा लाग्ने र यसले प्रतिफल दिन धेरै वर्ष कुर्नुपर्ने इपानका अध्यक्ष शैलेन्द्र गुरागाई बताउँछन्। सरकारले जलविद्यु क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने भन्दा वित्तीय अपराधीको रुपमा इङ्गित गर्दा यस क्षेत्रमा संकट देखा परेको उनले बताए। 

शेयरमा लगानी गरे पछि केहि समयमै दोब्बर हुन्छ भन्ने मानसिकताले पनि प्राथमिक शेयर खरिद गर्ने गरेको पाइन्छ। राम्रो प्रतिफल दिने कम्पनीले दोस्रो बजारमा राम्रो मूल्य प्राप्त गर्न सक्छ। पूँजी बजार प्रति सरकारी संयन्त्र तथा सरकारकै दृष्टिकोण जुवाघरको रुपमा भएपछि यस्ता क्षेत्रले राम्रो मूल्य पाउन नसकेको गुरागाईले जनाए। 

जलविद्युत कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानी

जलविद्युत कम्पनी (रु.)

हालको बजार मूल्य

एक वर्षमा

प्रतिशेयर आम्दानी

अधिकतम

न्युनतम

हिमालयन उर्जा विकास कम्पनी

116

168

114

-0.05

सिनर्जी पावर

71

119

68

3

अरुण भ्याली हाइड्रोपावर

109

141

96

5

छ्याङ्दी हाइड्रोपावर

76

129

74

2

नेशनल हाइड्रोपावर

59

92

55

3

पाँचथर पावर कम्पनी

97

260

94

-8

रिडि हाइड्रोपावर

81

126

81

3

अपर तामाकोशी

245

342

219

-0.51

चिलिमे हाइड्रोपावर

442

750

428

15

राधी विद्युत कम्पनी

136

231

134

11

युनियन हाइड्रोपावर

62

150

58

-2

दिव्यश्वरी हाइड्रोपावर

58

107

53

-50

युनिभर्सल पावर कम्पनी

81

300

74

1

हिमालयन पावर पार्टनर

142

271

137

0

नेपाल हाइड्रो डेभलोपर

105

170

105

7

बुटवल पावर

390

496

332

31

कालिका पावर कम्पनी

84

133

80

4

रैराङ हाइड्रोपावर

102

153

86

1

सानिमा माइ हाइड्रोपावर

216

326

209

10

खानी खोला हाइड्रोपावर

56

110

55

-31

अरुण कावेली पावर

156

275

141

0

अपि पावर

118

282

113

6

युनाइटेड मोदी हाइड्रोपावर

102

177

102

7

माउन्टेन हाइड्रो नेपाल

89

114

82

-1

आँखुखोल हाइड्रोपावर

59

106

59

-4

 

 

हाइड्रोपावर कम्पनीको नाफा/नोक्सान 
दोस्रो बजारमा जलविद्युत कम्पनीको सूचीकरण बढ्दो छ। कम्पनी बढ्दै छ तर समग्रमा ती कम्पनीहरुको नाफा १० प्रतिशतले घटेको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा जम्मा ९ वटा जलविद्युत कम्पनीले मात्रै लाभांस दिएका छन्। यसले पनि पुष्टी गर्छ जलविद्युतको शेयरमा लगानीकर्ताको आकर्षण छैन।वुटवल पावर र चिलिमे बाहेक अन्य कम्पनीको प्रतिफल राम्रो देखिँदैन। 

लाभांस बाँड्न कम्तिमा पनि नाफा हुनु पर्छ। तर ८ वटा जलविद्युत कम्पनी नोक्सानमा छन्। त्यस्तै तीन वटा कम्पनीको नाफा घटेको छ। गत वर्ष १२ वटा कम्पनीले भने नाफा सुधार गरेका छन्। केहि कम्पनीले गत वर्षदेखि नाफा गर्न सुरु गरेका छन्। 

अहिले नाफामा देखिए पनि अधिकांश कम्पनीको दीर्घकालिन ऋण धेरै छ। वित्तीय विवरण सार्वजनिक गर्ने २७ वटा जलविद्युत कम्पनीको दीर्घकालिन कर्जा मात्रै ५५ अर्ब ७७ करोड रुपैयाँ छ। तर विद्युत बिक्रीबाट भएको आम्दानी भने केवल ५ अर्ब ६७ करोड रुपैयाँ मात्रै सीमित छ। 

पछिल्लो समय निर्माणाधिन आयोजनाले प्राथमिक शेयर निष्काशन गरिरहेका छन्। ५०/६० प्रतिशत आयोजना सम्पन्न गरेर दोस्रो बजारमा सूचीकृत हुँदा ति कम्पनीको वित्तीय विवरणले लगानीकर्तालाई आकर्षित गर्न नसकेको हो। 

दोस्रो बजारमा लगानी गर्नेहरुले राम्रो प्रतिफल दिने कम्पनीहरु छानेर मात्रै लगानी गरेका हुन्छन्। जवकी निर्माणाधिन आयोजनाको निर्माण कार्य सकिनै दुई/चार वर्ष कुर्नु पर्छ। आयोजना सम्पन्न भएर आम्दानी गर्न थालेको केही वर्षसम्म लाभांस दिन सक्दैनन्। तर जलविद्युत आयोजना एक पटक निर्माण भएपछि त्यसमा थप लगानी आवश्यक पर्दैन। एक पटक गरिएको लगानीले ३० वर्षसम्म प्रतिफल दिन सक्छ। 

अहिलेको अधिकांश आयोजना निर्माणकै चरणमा रहेकोले यस क्षेत्रमा लगानी मात्रै देखिन्छ तर प्रतिफल देखिदैन। केही वर्ष पछि यिनै कम्पनीले तुलनात्मक रुपमा राम्रो प्रतिफल दिने गुरागाईको तर्क छ। 

जलविद्युत कम्पनीहरुले आर्थिक अनियमितता गरेको र उक्त अनियमितता लगानीकर्ताले ब्योहोर्नु परेको लगायतका समाचार सार्वजनिक हुन थालेपछि लगानीकर्ताको आकर्षण घट्न थालेको हो। 

जलविद्युत कम्पनीहरुको दीर्घकालिन लगानी

<td nowrap="nowrap" style="border-bottom:solid windowte


जलविद्युत कम्पनी (रु.०००)

दिर्घकालिन ऋण

बृद्धि (%)

२०७५/७६

२०७४/७५

हिमालयन उर्जा विकास कम्पनी

1586417.71

970362.73

63.49

सिनर्जी पावर

689881.80

754992.96