BIZMANDU
www.bizmandu.com

वीरगंज–काठमाडौं रुटमा सुविधासम्पन्न बस, खानेदेखि सुत्नेसम्मको सुविधा, भाडा १४ सय रुपैयाँ

२०७६ भदौ २०

Tata
GBIME
Nepal Life

वीरगंज।पोखरा जगदम्बा टुर्स एण्ड ट्राभल्सले वीरगंज-काठमाडौं रुटमा आरामदायी रात्रि बस सेवा शुरु गरिएको छ।

आज राति ८ बजेदेखि काठमाडौंको लागि प्रस्थान हुने बस सेवाको उद्घाटन वीरगंजका मेयर विजय सरावगीले गरे। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा सञ्चालित पोखरा जगदम्बा टुर एण्ड ट्राभल्सले सञ्चालनमा ल्याएको उक्त बसमा २१ सिट छन्।

बस सेवाको उद्घाटन गर्दै मेयर सरावगीले भने, 'वीरगंजमा यस्तो सुविधा सम्पन्न बस सेवा सञ्चालनमा आउन लाग्दा वीरगंजको पर्यटकीय क्षेत्रमा टेवा पुग्नेछ।'कम्पनीका अध्यक्ष केशव अधिकारीले वीरगंजबाट चल्ने डिलक्स बस भन्दा यस्ले आरामदायी सुविधा दिने दावी गरे।

आरामदायी बसमा वाइफाइ, टिभीसँगै आरामले सुत्न पनि मिल्ने गरी सिटको डिजाइन गरिएको छ। यात्रुलाई खाजासहित चिसो पेय पदार्थ पनि दिने बस सञ्चालक कम्पनीले बताएका छ।

टिकट काउन्टरका लागि बनेपा सुपर डिलक्स काउन्टरसँग सहकार्य गरी बस सेवा शुरु गरिएको र पछि आफ्नै काउन्टर संचालनमा ल्याइने बताइएको छ। बस सेवाका लागि प्रति टिकटको भाडा १४ सय रुपैयाँ तोकिएको छ।