BIZMANDU
www.bizmandu.com

फेसबुकको लापरवाहीले ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक, कुन देशका परे?

२०७६ भदौ १९

फेसबुकको लापरवाहीले ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक, कुन देशका परे?
फेसबुकको लापरवाहीले ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक, कुन देशका परे?

Tata
GBIME
Nepal Life

फोटो : Tech Crunch

४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा सार्वजनिक भएका छन्

फेसबुकको सुरक्षा संकटको रुपमा लिइएको पछिल्लो ह्याकमा ४१ करोड ९० लाख (४१९ मिलियन) फेसबुक अकाउन्टका जानकारी सार्वजनिक भएका हुन्। जानकारी सार्वजनिक गरिएको सर्भरमा सबैभन्दा बढी अमेरिकाका १३ करोड ३० लाख (१३३ मिलियन), भियतनामका ५ करोड (५० मिलियन) र यूकेका १ करोड ८० लाख (१८ मिलियन) फेसबुक प्रयोगकर्ताका जानकारी छन्।

ती जानकारी संकलन गरिएको फेसबुकको डाटाबेसमा ह्याकरहरुले प्रवेश पाएपछि फेसबुक प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक भएका हुन्।उक्त डाटाबेसमा फेसबुक प्रयोगकर्ताका युजर आइडी, लिंग (जेन्डर) तथा फोन नम्बर संग्रह गरिका थिए। कतिपय प्रयोगकर्ताका भौगोलिक स्थान (देश) पनि पाइएको बताइएको छ।

सो डाटाबेस भएको सर्भरमा पासवर्ड नराखिएकाले जो कसैले पनि उक्त ‍जानकारी हेर्न सक्छन्। सो डाटाबेस गत बुधवारसम्म अनलाइन नै थियो। फेसबुकले सो कुरा स्वीकार गरेपनि त्यतिको संख्यामा जानकारी सार्वजनिक भने नभएको बताएको छ। धेरै डाटाहरु दोहोरिएको र अधिकांश डाटा पूराना रहेको उसले जनाएको छ।

फेसबुकका प्रवक्ताले भनेका छन्, 'त्यो डाटाबेस हामीले हटाइसकेका छौँ, फेसबुकका प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको हामीले पाएनौँ।'प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक हुँदा ती नम्बरमा अनावश्यक फोन आउने, सीम स्वापिङमार्फत फेसबुकको पासवर्ड परिवर्तन हुन सक्ने जस्ता खतराहरु देखिन्छ।