BIZMANDU
www.bizmandu.com

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने, खुद नाफा ४३ करोड ३९ लाख रुपैयाँ पुग्यो

२०७६ भदौ ६

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने, खुद नाफा ४३ करोड ३९ लाख रुपैयाँ पुग्यो
नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने, खुद नाफा ४३ करोड ३९ लाख रुपैयाँ पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ। कोषले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ।

कम्पनीले लाभांस पारितका लागि भदौ ३० गते साधारणसभा डाकेको छ। कोषको शेयर पूँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ छ। 

कोषले गत आर्थिक बर्ष ४३ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष कोषको नाफा ३५ करोड ९३ लाख रुपैयाँ थियो। कोषको कुल आम्दानी ७९ करोड ८३ लाख रुपैयाँ छ। कोषको कुल खर्च २० करोड ५० लाख रुपैयाँ छ।

कोषले एक बर्षमा ब्याज आम्दानी ४ करोड ७५ लाख गरेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी ७३ करोड ५० लाख रुपैयाँ गरेको छ।