BIZMANDU
www.bizmandu.com

फलाम उत्पादन गर्ने कम्पनी खोल्न सरकारको स्वीकृति, १० अर्बको कम्पनीमा ४५% निजी क्षेत्रको

२०७६ भदौ ५

Tata
GBIME
Nepal Life

काठमाडौं। १० अर्ब रुपैयाँको कम्पनी दर्ता गरी फलाम उत्खनन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। उद्योग मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुगेको प्रस्ताव स्वीकृत भएको हो। 

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बक्तव्यमा नै एक वर्षभित्र फलाम उत्खनन् सुरु गर्ने उल्लेख गरेका थिए। यही नीति अनुसार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले एक समिति बनाइ प्रस्ताव तयार गरेको थियो।

मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा बनेको समितिले फलाम खानी कम्पनीको मोडेल तयार गरेको हो। 

दर्ता गर्ने स्वीकृतिसँगै अब धौवादी फलाम कम्पनी लिमिटेड सञ्चालनमा आउने छ। यसमा ४५ प्रतिशत निजि क्षेत्रको शेयर हुने गरी सरकारले कम्पनी गठन गर्ने बाटो खुलेको छ।