BIZMANDU
www.bizmandu.com

शेयर बजार ओरालै, साताभरिमा ११ अंकले घट्यो, कारोबार रकम २६ करोडमा खुम्चियो

२०७६ भदौ ५

शेयर बजार ओरालै, साताभरिमा ११ अंकले घट्यो, कारोबार रकम २६ करोडमा खुम्चियो
शेयर बजार ओरालै, साताभरिमा ११ अंकले घट्यो, कारोबार रकम २६ करोडमा खुम्चियो

Tata
GBIME
Nepal Life

काठमाडौँ। शेयर बजारले यो साता पनि लय समात्न सकेन्।साताभरिमा शेयर बजारमा १० दशमलब ९८ अंकले गिरावट आयो।

साताको अन्तिम दिन बजार घटेसँगै कारोबार रकम समेत खुम्चियो।१७२ कम्पनीको कारोबारमा १० लाख ७७ हजार कित्ता शेयर २६ करोड १६ लाख रुपैयाँमा कारोबार भयो। बुधवारको तुलनामा कारोबार रकम तीन करोड रुपैयाँ कम हो।बुधवार २९ करोड रुपैयाँको कारोबार भएको थियो।

बिहीबार सबैभन्दा बढी एनआइसी एशिया बैकको शेयर कारोबार भयो। बैंकको एक करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो। कारोबार रकमकै आधारमा प्रभु बैक दोस्रो भएको छ।प्रभुको एक करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।यो साता बुधबार मात्रै ६ अंकले शेयर बजार बढेको थियो।

१२ समूहको कारोबारमध्ये चार समूहको उपसूचक बढेको छ भने आठ समूहको उपसूचक घटेका छन्। सबैभन्दा बढी ट्रेडिङ् समूहको उपसूचक १.७ प्रतिशतले घटेको छ। होटेल समूहको कारोबारमा ०.५६ प्रतिशतको गिरावट आयो।सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत कमाएका छन्। सिर्जना फाइनान्सका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए।