BIZMANDU
www.bizmandu.com

काठमाडौंको सडकमा आउडी गाडी, मूल्य पौने दुई करोड, एक सातामै तीनवटा गाडी बिक्री


काठमाडौंको सडकमा आउडी गाडी, मूल्य पौने दुई करोड, एक सातामै तीनवटा गाडी बिक्री
काठमाडौंको सडकमा आउडी गाडी, मूल्य पौने दुई करोड, एक सातामै तीनवटा गाडी बिक्री


Tata
GBIME
Nepal Life

काठमाडौं। जर्मनको लक्जरियस ब्राण्ड आउडीको विद्युतीय गाडी नेपाल भित्रिएको छ। प्रिन्सा मोटर्सले आउडीको विद्युतीय गाडी इ-ट्रोन नेपाल भित्र्याएको हो।

कम्पनीले ल्याएको तीनवटै गाडी आएको एक सातामै बिक्री भइसकेको आउडी गाडीको बिक्रेता राम्रो मोटर्सका संचालक विशाल वथवालले जानकारी दिए।उनका अनुसार केही समयभित्रै अर्को तीन वटा आउडी गाडी आउनेछ।‘आउडी विश्वकै लक्जरियस र प्राइड भएको ब्राण्ड हो। यो गाडी आउनेवित्तिकै धेरै सकारात्मक रेस्पोन्स पायौं। केही समयभित्रै तीन वटा गाडी नेपाल आइपुग्छ।’उनले बिजमाण्डूसँग भने।

यो गाडी व्हाइट, ब्ल्याक र ग्रे कलरमा ल्याएको थियो।उनका अनुसार धुम्बाराहीमा सर्भिस सेन्टर स्थापना हुँदैछ।'हामीले आफ्टर सेल्स सर्भिसलाई प्राथमिकता दिएका छौँ। ग्राहकलाई सक्दो राम्रो सुविधा दिनु नै हाम्रो मुख्य उद्धेश्य हो,' बथवालले भने।उनले सरकारले विद्युतीय गाडीमा प्राथमिकता दिएकाले आउडीको विद्युतीय गाडी ल्याएको बताए।

इ-ट्रोनको यस्तो छ विशेषता

एक सय ९३ इन्च लम्बाई, ७६.२ इन्च चौँडाइ र ६३.६ इन्च उचाई रहेको गाडीको व्हील बेस एक सय १५ इन्चको छ। २० इन्च चक्का भएको यो गाडीको वजन २५ सय ६० केजी छ।

मिड साइज लक्जरी क्रसओभर एसयुभी यो गाडीमा छ सय ६० लिटरको बुटस्पेस छ। यो गाडीको टर्क पावर दुई सय ४७ न्युटन मिटर छ।कम्पनीका गाडीको ड्राइभ सिस्टममा आउडीकै ट्रेडमार्क 'क्वात्रो' समावेश गरिएको छ। 

गाडीमा ९५ किलो वाट आवर(केडब्लुएच) ३६ मोडुल ब्याट्री जडान गरिएको छ। एक सय ५० किलोवाट चार्जिङ स्पीड भएको गाडीमा आधा घण्टामै ८० प्रतिशत ब्याट्री चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

१० मिनेटको चार्जमार्फत ८८ किलोमिटर माइलेज दिन सक्ने छ भने पुर्ण रुपमा ब्याट्री चार्ज गर्दा चार सय किलोमिटर माइलेज दिन सक्ने कम्पनीको दाबी छ। ब्रेक इनर्जी जेनेरेशन सुविधा भएको गाडीमा ब्रेक र एक्सिलेटरबाट स्वचालित रुपमा ब्याट्रीचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

इ-ट्रोन एसयुभीको बनोट दुरुस्तै आउडी छ। गाडीको अगाडिको भागमा रहेको हेक्जागोनल ग्रिल र आकर्षक एलइडी हेड ल्याम्पका कारण आउडीको आवरणमा देखिन सक्ने कम्पनीले जनाएको छ।

'फाइभ स्पोक्स ह्विल' जडान गरिएको गाडीमा आउटर रियर भ्यूअर मिरर 'ओभिएम'को सट्‍टा क्यामरा जडान गरिएकाले चालकले सहजै पछाडिको भाग देख्न सकिने कम्पनीले जनाएको छ।

गाडीभित्रको अग्रमध्यम भागमा 'बटन'को ठाउँमा दुईवटा ठुला टचस्क्रिन राखिएका छन्। चालकले टच स्क्रिनमार्फत इन्फोटेनमेन्ट सिस्टम, ड्राइभ्स मोड, क्लाइमेट कन्ट्रोल लगायत नियन्त्रण गर्न सक्नेछन्।