BIZMANDU
www.bizmandu.com

एनसेलको लाभकर मुद्दाको निर्णय सुनुवाइ आज, पाँच न्यायाधिसको बृहत्त इजालसले निर्णय दिने

२०७६ भदौ ५

एनसेलको लाभकर मुद्दाको निर्णय सुनुवाइ आज, पाँच न्यायाधिसको बृहत्त इजालसले निर्णय दिने
एनसेलको लाभकर मुद्दाको निर्णय सुनुवाइ आज, पाँच न्यायाधिसको बृहत्त इजालसले निर्णय दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादको निर्णय सुनुवाइ आज हुने भएको छ। गत साता समय सारिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले आजलाई मिति तोकेका थिए। 

यसअघि वैशाख २४ गते सर्वोच्चले पूँजीगत लाभकर असुली प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासले दिएको आदेशलाई निरन्तरता दिएको थियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो।

गत माघ २४ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत् पूर्ण इजलासको आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो।

तिरिसकेको रकम घटाएर बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ ७ दिनभित्र तिर्न वैशाख ३ गते कर निर्धारणको पत्र पठाएको थियो। एनसेलले कर निर्धारणविरुद्ध वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै कर असुली प्रक्रिया यथास्थितिमा राख्न भनेको थियो।