BIZMANDU
www.bizmandu.com

ऋण विस्तारमा बैंकहरु आक्रामक: नयाँ बर्ष लागेपछि निक्षेप २३ अर्ब घट्यो, सातामै ऋण ८ अर्ब वृद्धि

२०७६ भदौ ५

ऋण विस्तारमा बैंकहरु आक्रामक: नयाँ बर्ष लागेपछि निक्षेप २३ अर्ब घट्यो, सातामै ऋण ८ अर्ब वृद्धि
ऋण विस्तारमा बैंकहरु आक्रामक: नयाँ बर्ष लागेपछि निक्षेप २३ अर्ब घट्यो, सातामै ऋण ८ अर्ब वृद्धि

Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ आर्थिक बर्ष लागेपछि बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले घटिसकेको छ। तर बैंकले ९ अर्ब रुपैयाँले लगानी बढाएका छन्।

९ अर्बमध्ये पछिल्लो एक सातामा मात्रै ८ अर्ब रुपैयाँले ऋण विस्तार भएको छ। 

असार मसान्तमा बैंकहरुसँग २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप थियो। भदौ १ गतेसम्म आउँदा निक्षेप घटेर २८ खर्ब ५५ अर्बमा खुम्चिसकेको छ। जबकी ऋण भने २४ खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर २५ खर्ब ७ पुगेको छ।

'अहिलेको लगानी प्रबृत्ति हेर्दा बैंकहरु फेरि ऋण विस्तारमा प्रोत्साहित भए कि भन्ने देखिन्छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजमाण्डूसँग भने, 'अब विस्तारै तरलता टाइट हुँदै जान्छ।'

अहिले बैंकिङ प्रणालीमा करिव १०० अर्ब रुपैयाँ अधिक तरलता छ। तरलता बढेका कारणले अन्तर बैंक सापटी दर १ प्रतिशतभन्दा तल आएको छ। 

बैंकहरुले अहिले रणनीतिक हिसाबले पनि ऋण बढाएका हुन्। काउन्टर साइक्लिकल बफरको ब्यवस्थामा राष्ट्र बैंकले केही लचकता अपनाउने संकेत गरेपछि बैंकहरुले ऋण विस्तारलाई निरन्तरता दिएका हुन्।