BIZMANDU
www.bizmandu.com

कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को दोस्रो लेग सकियो, भरत बस्ताकोटी र टासी छिरिङ बिजेता

२०७६ भदौ १

Tata
GBIME
Nepal Life

काठमाडौं। कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को दोश्रो लेग सकिएको छ।  प्रतियोगितामा भरत बस्ताकोटी र टासी छिरिङ बिजेता बने।

३ वटा सिरिजमध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुले पनि यस इभेन्टमा भाग लिएका थिए।  

यो सिरिज ¾ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फर्म्याटमा खेलिएको थियो। नेट बिजेता भरत बस्ताकोटीले ३८ अंकप्राप्त गरी टप पोजिसन हासिल गरे। यसैगरी टासी छिरिङ्ग डोङले ३६ ग्रस अंकप्राप्त गरी दोश्रो सिरिजको ग्रस च्याम्पियन बने।

राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता र एनजे रायमाझी ग्रस ३७अंक काउन्ट ब्याकका साथ ग्रस विधामा नेट उप–विजेता बने।

३७ अंक काउन्ट ब्याकका साथ आश्रिया बानु महिलातर्फका विजेता बन्न सफल भएकी छिन् भने  ३७ अंकका साथ कश्मीरा शाह उप विजेता बनिन् ।

यसै गरी ६० वर्ष र त्यसभन्दामाथिका सहभागीहरुका सिनियर विधामा ३६ अंकका साथ दिलिप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्ट ब्यागका साथ एनबी रावल उप विजेता बने।

४ बर्डिजका साथ तेन्जीङ छिरिङ्ले मष्ट बर्डिजका उपाधि जिते । दाबा जे शेर्पारआर एमश्रेष्ठले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।

सेकेन्ड सिरिजमामा भरत बस्ताकोटीले नेट क्याटगोरीमा १ सय ५० अंकले लिड गरिरहेका छन् भने टासी छिरिङ डोङ १ सय ५ ले दोस्रो स्थानमा छन् । अजय बी शाह, १०० अंकले तेस्रो स्थानमा, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम सिम्खडा ७० अंकले पाचौं स्थानमा छन् ।

ग्रस सेक्सनमा १ सय ५० अंकका साथ टासी छिरिङ्ग डोङ लिडरबोर्डको टपमा छन् । यसैगरी एन जे रायमाझी १०५ अंकका साथ दोश्रो स्थानमा छन् भने १०० अंकका साथ पृथ्बीमल्ल र सुरेन्द्र फुयाल तेस्रो स्थानमा छन् ।