BIZMANDU
www.bizmandu.com

तयारी चाउचाउपछि क्वालिटीको वान–टु–थ्री चाउमिन, फुल अटामेटिक मेसिनबाट उत्पादन

२०७६ साउन २८

तयारी चाउचाउपछि क्वालिटीको वान–टु–थ्री चाउमिन, फुल अटामेटिक मेसिनबाट उत्पादन
तयारी चाउचाउपछि क्वालिटीको वान–टु–थ्री चाउमिन, फुल अटामेटिक मेसिनबाट उत्पादन

Tata
GBIME
Nepal Life

विराटनगर।करिव तीन दशकदेखि खाद्य पदार्थको उत्पादनमा सक्रिय काबरा ग्रुपको क्वालिटी थाई फुड्सले वान–टु–थ्री ब्रान्डको चाउमिन बजारमा ल्याएको छ।

वान–टु–थ्री ब्राण्डमा तयारी चाउचाउ उत्पादन गरेको ८ वर्षपछि क्वालिटीले यही ब्रान्डमा चाउमिन बजारमा ल्याएको हो। यो पूर्ण तयारी नभएकाले यसलाई पकाएर खानु पर्छ।क्वालिटी थाई फुड्सका प्रतिनिधि महानन्द सापकोटाले प्रेस विज्ञप्ति प्रकाशित गर्दै अत्याधुनिक कोरियन प्रविधिको स्वचालित मेसिनबाट चाउमिन उत्पादन गरेर बजारमा ल्याएको जानकारी दिएका हुन्।

सापकोटाले बजारमा सिधै हातले बनाएको प्रदूषित र भिजेको, बोसो तथा मोनोसोडियम ग्लुकामेट (अजिनोमोटो) लगायतका रसायन प्रयोग गरिएका अस्वस्थकर चाउमिन उपलब्ध भइरहेको दाबी गर्दै क्वालिटीले शुद्ध चाउमिनको उत्पादन सुरु गरेको बताए।वान–टु–थ्री चाउमिनमा अशुद्ध खाद्य पदार्थ नमिसाइएको फुल अटामेटिक मेसिनबाट उत्पादन गरी अत्याधुनिक ड्राईङ प्रविधि बाट सुकाएका कारण स्वस्थकर र स्वादिष्ट रहेको कम्पनीको दाबी छ। कम्पनीले सबै उमेर समूहको स्वादलाई ध्यानमा राखी शाकाहारी र मांसाहरी दुबैले प्रयोग गर्न मिल्ने र होटल तथा रेस्टुरेन्टमा पाइने स्वादमा घरमै बनाउन सकिने समेत जनाएको छ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयबाट जाँचपास गराएर उत्पादित चाउमिनमा कुनै प्रकारको तेलको प्रयोग नभएका कारण अझ स्वस्थकर रहेको कम्पनीको दाबी छ।कम्पनीले वान–टु–थ्री, बुलेट, ताईपाई लगायतका तयारी चाउचाउ तथा विभिन्न ५० भन्दा बढी ब्रान्डका स्न्याक्सको उत्पादन गरिरहेको छ।

पछिल्लो समयमा यस उद्योगले सुजीको मात्र प्रयोग गरेर म्याक्पा, पिज्जो र टुल्के ब्रान्डमा खाजाको रूपमा प्रयोग गरिने पास्ता बजारमा ल्याएको छ। छिटोमिठो ब्रान्डका आधुनिक र आकर्षक प्याकमा फुरनदाना र झालमुढीको पनि उत्पादन गरिरहेको उद्योगद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।