BIZMANDU
www.bizmandu.com

तेल संकटको पाठ : हावा र फोहोरबाट उर्जा उत्पादन गर्दै डेनमार्क, हरित अर्थतन्त्रको विकास गर्दै

२०७६ साउन २८

तेल संकटको पाठ : हावा र फोहोरबाट उर्जा उत्पादन गर्दै डेनमार्क, हरित अर्थतन्त्रको विकास गर्दै
तेल संकटको पाठ : हावा र फोहोरबाट उर्जा उत्पादन गर्दै डेनमार्क, हरित अर्थतन्त्रको विकास गर्दै

Tata
GBIME
Nepal Life

डेनमार्कको आरहुस उत्तरी यूरोपको यस्तो शहर हो जसले यस क्षेत्रमै वैकल्पिक उर्जामा सिफ्ट भएको शहरका रुपमा आफूलाई परिवर्तन गरेको छ।  

विश्वकै सबैभन्दा ठूला हावावाट चल्ने टर्बाइन तथा वैकल्पिक उर्जा उत्पादन गरेर यो शहरले डेनमार्कलाई नै हरित अर्थतन्त्रको भविष्यका रुपमा विकसित गर्दैछ।डेनमार्कको दोस्रो ठूलो शहर आरहुसले हावा र सौर्य उर्जा उत्पादन गरी समग्र देशको अर्थतन्त्रलाई मजबुत बनाइरहेको तथ्य क्षणभरमै प्राप्त सफलता भने होइन।

सन् १८९८ मा एउटा सुनारको सानो पसलबाट यो परिवर्तन सुरु भएको हो। हाल विश्वकै सबैभन्दा ठूलो टर्बाइन उत्पादक कम्पनी भेस्टास विन्ड सिस्टम खासमा सन् १९७० मा स्टिलका झ्यालका खापादेखि चिस्यान केन्द्र बनाउने कम्पनी थियो।

त्यस दशकमा डेनमार्कले सम्पूर्ण उर्जा आयात गर्थ्यो। जब त्यहाँ तेलको चरम संकट उत्पन्न भयो भेस्टासले बैकल्पिक उर्जामा हात हाल्यो। उसले गोप्य रुपमा ठूला टर्बाइन बनाउन थाल्यो। केही वर्षको प्रयासपछि जब सफलता मिल्यो अनि भेस्तासले आरहुसमा आफ्नो कारखाना खोल्यो।

हाल डेनमार्कमा खपत हुने आधाभन्दा बढी उर्जा हावाबाट उत्पादन हुन्छ। डेनमार्क हावमाथि निर्भर हुने क्रम बढेको छ। आरहुस तथा त्यसवरपरका शहरहरु बैकल्पिक उर्जाका केन्द्र बनेको छ।हाल त्यहाँ उत्पादक तथा आपूर्तिकर्ता मात्र होइन ब्यापारी तथा बिज्ञहरु कानुनविद् तथा शैक्षिक क्षेत्रका बिज्ञहरु अध्ययनकालागि पुग्ने गर्छन् ।

हावाको टर्बाइनहरुको सबैभन्दा ठूलो उत्पादक चीनको झिनजीयाङ गोल्ड विन्ड साइन्स एण्ड टेक्नोलोजीले आरहुसमा आफ्नो रिसर्च अफिस नै खोलेको छ। सन् २०१६ मा आरहुस शहरबाट उर्जा तथा वातावरण सेक्टरबाट दोस्रो धेरै निर्यात भएको छ। शहरबाट निर्यात हुने पहिलो वस्तु खाद्यान्न हो।  

'बैकल्पिक उर्जाले शहरको विकासमा ठूलो भूमिका खेलेको छ'- शहरका मेयर जाकोब बन्ड्सगार्ड भन्छन्।४३ वर्षका मेयर बन्ड्सगार्ड तीनलाख ४५ हजार जनसंख्या भएको आरहुसमा सन् २०११ देखि मेयर छन्।  उनीहरेक बिहान साइकल चढेर सिटी हलसम्म पुग्छन् किनभने सन् २०३० सम्म नगरपालिकालाई कार्बन न्यूट्रल बनाउने मिसनमा उनी तल्लिन छन्। आरहुसले बितेको दशकमा आधाभन्दा बढीले कार्बन इमिसनलाई कटौती गरिसकेको छ।

यहाँ ११० किलोमिटर लामो बिद्युतीय रेल संजाल बनिसकेको छ जसमा यसै वर्षदेखि बिद्युतीय बस संचालन हुनेछ। शहरमा खेर जाने पानीको पुनर्प्रयोगका लागि ट्रिटमेन्ट प्लान्ट्स बनेको छ । आरहुसले आफूले प्रयोग गर्नेभन्दा ४० प्रतिशत बढी उर्जा उत्पादन गरिरहेको छ।

सन् २०१७ मा आरहुसमा बनेको बायोमास प्लान्ट यो क्षेत्रकै नमुना हो।

लिसबर्गमा बनेको यस प्लान्ट हाल पूर्ण क्षमतामा संचालन भैरहेको छ जहाँ हरेक दिन ६० ट्रकभन्दा बढी कृषिमलबाट उर्जा उत्पादन हुन्छ। यसैको नजिकै  फोहोर फाल्ने स्थान छ। जहाँ दैनिक १५० ट्रक फोहोर फालिन्छ। यी दुबै प्लान्टबाट हुने उत्पादनले आरहुस जिल्लाकै हिटिङ सिस्टमको लागि पर्याप्प बिजुली उत्पादन गर्छ। 'अब हामी कोइलाबाट मुक्त भैसकेका छौं'- बण्डस्गार्डले भने।

डान्स्क कमोडिटिज कम्पनी आरहुसका यस्तै दशभन्दा बढी कम्पनीहरुमध्ये सबैभ्दा ठूलो हो जसले यूरोपको उर्जा तथा प्राकृतिक ग्यास बजारमा बिज्ञता हासिल गरेको छ। प्रोस्पेक्स रिसर्च लिमिटेडको गत वर्षको अध्ययनका अनुसार यी सबै  कम्पनीहरुको मूल्य १.८५ ट्रिलियन डलर छ।

हेनरिक लिण्डले सन् २००४ मा डान्स्क कमोडिटिज स्थापना गरेका हुन्। कम्पनीले सन् २०१८ मा आफ्नो नाफा २८ प्रतिशतले बढाएर ७२ मिलियन यूरो पुर्यायो। कम्पनीमा ३ सय कामदार छन् भने यसले ४० वटा उर्जा बजारमा कारोबार गर्छ।

इक्विनर एएसए नर्वेको मुख्य तेल कम्पनीले लिण्डलाई किनेपछि डान्स्को मेजोरिटी शेयर उसको हातमा छ। लिण्ड हाल कम्पनीको बोर्ड सदस्य छन्। डान्स्क आफूलाई बिस्तार गरिरहेको छ यसले अन्तराष्ट्रिय उर्जा बजारमा अझ क्षमता बढाउँदै पनि छ। यसले आफ्नो ग्यास भण्डारन क्षमता समेत बढाउन लागेको छ। आगामी दिनमा उसले अमेरिकी उर्जा बजारमा पनि हात हाल्ने बताएको छ । गत वर्षदेखि नै कम्पनीले अष्ट्रेलियामा ब्यापार थालिसकेको छ।

डान्स्ककी सिइओ हेल ओस्टरगार्द क्रिस्टियनसेन भन्छिन् 'हामी आफ्नो इन्टरप्रेनियरियल कल्चर स्थापित गर्न चाहन्छौं।' सन् २०१० देखि कम्पनीमा कार्यरत हेलले कम्पनीको बिस्तारले लिण्डकै अर्को स्टार्टअपलाई भने कुनै असर गर्नेछैन।

विश्वका धेरै देशहरु हाल  हावा तथा सौर्य उर्जा उत्पादनले तेललाई बिस्थापित गर्ने प्रयास गरिरहेका छन्। यो समय बैकल्पिक उर्जा कम्पनीहरुकालागि ठूलो अवसर पनि हो।

जर्मनी यूरोपको सबैभन्दा ठूलो बिजुलीको बजार हो जहाँ ग्राहकहरुले अर्बौ यूरो बिजुलीमा खर्च गर्छन्। जर्मनीकी चान्सलर एन्जेल मर्केलको ग्रिन इकोनोमी एजेन्डा अनुसार  यहाँ कोइला र आणविक उर्जालाई निराकरण गर्ने रणनीति उनले अघि सारेकी छिन्। यसै रणनीति अनुसार बैकल्पिक उर्जा बजारबाट जर्मनीमा हुने प्राकृतिक उर्जा आपूर्ति १३ प्रतिशतले बृद्धि भएको थियो।

डेनमार्कको जुटल्याण्डमा रहेका हावा किसानहरुले पनि हावाबाट उल्लेखनीय बिजुली उत्पादन गरी रहेका छन्। भेस्ताका चिफ टेक्नोलोजी अफिसर आन्द्रेस भेदेर ६२ वर्षका  भए। उनको हावाप्रतिको रुची बच्चैदेखि हो।  कोपेनहेगन जाँदा देखेको यो प्रविधिमा उनी सानैमा आकर्षित भए। युवा अवस्थामै उनले आफ्नै सोलार हिटेड वाटर सिस्टम बनाएका थिए। पूर्णकालीन किसानका रुपमा ३० वर्ष बिताएका उनले त्यसपछि मेकानिकल इन्जिनियरिङ डिग्री हासिल गरे। उनले जुटल्याण्डमा सन् १९९५ मा नै भेस्तास सुरु गरे।

भेस्तासजस्ता कम्पनीहरु कुनै बेला साना ग्राहकहरुका निम्ति थिए। तर आजभने यसले विश्वको बैकल्पिक उर्जा बजारमा राम्रो उपस्थिती देखाइसकेको छ।

गत वर्ष विश्वको कुल उर्जाको ५ प्रतिशत हावाबाट उत्पादित उर्जाबाट आपूर्ति भयो।यूरोपमा हाल 'अनसोर विन्ड' परम्परागत उर्जाका स्रोतहरुसँग प्रतिस्पर्धामा गएको छ। स्पेनमा हावा प्रविधिले बिजुलीमा लाग्ने लागत ४१ प्रतिशतले घटाइदिएको पनि छ।  हाल बजार तथा टर्बाइन उद्योगको बृद्धि परिपूरक देखिन्छ। भेदेल भन्छन् 'हावाको बेग प्रति सेकेन्ड ९ मिटरको रफ्तारमा रहेका बेला मेरो टर्बाइनको स्विच अफ हुन्छ किनभने यसबाट उर्जाको मूल्य घट्छ।'

भेदेल यसो पनि भन्छन्- 'वास्तवमा उर्जाको लागत कम राख्नु राम्रो हो। र हामी त्यसैमा लक्षित छौं। चुनौती के हो भने यदि उर्जाको लागत छिटो घट्यो भने टर्बाइन उत्पादकहरु आफ्नो लगानीको पर्याप्त मुनाफा लिन सक्दैनन् । यसबाट उद्योगमा समस्या आउन सक्छ।'

तर दुई दशकदेखि  भेस्तासको कारोबारलाई  ट्रयाक गरिरहेका  अनुसन्धानकर्ता जाकोब पेडरसन भने भेस्ता सबैभन्दा बढी नाफा कमाउने उद्योग भएको बताउँछन्। मूल्यमा आइरहेको गिरावटले प्रतिस्पर्धीहरुलाई बढी मुनाफा लिन गाह्रो भएपनि भेस्तासको मुनाफा कसैसँग तुलना नहुने उनले बताए।  

भेस्तासका ७० भन्दाबढीको ठूलो टिम दीगो उर्जाको लागि हावा, सौर्य तथा स्टोरेज ब्याट्रीको ग्लोबल लिडर बन्ने तर्फ काम गरिरहेका छन्। कम्पनीको लागि हावाबाट हुने उत्पादन सँधै केन्द्रमा छ। बैकल्पिक उर्जाको भविष्य कस्तो छ भन्नाको लागि भेदालको यही भनाई काफी छ। उनी भन्छन्-' मेरो लिभिङ रुम र भान्साबाट म २२ वटा टर्बाइन देख्न सक्छु। तर म अझै यहाँको एउटा भवन भत्काउन चाहन्छु ताकि म ति सबै टर्बाइनहरु घुमेको स्पष्ट देख्न सकुँ।'